Logo
४ माघ २०८१, शुक्रबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा अध्यक्ष बालुवाटारमा,सभामुखबारे छलफल हुने – प्रतिनिधिसभाले आजबाट प्रक्रिया सुरु गर्दै

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्न दाहाल बालुवाटार पुगेका हुन् ।

सभामुख चयनका लागि प्रतिनिधिसभाले आजबाट प्रक्रिया सुरु गर्ने भनिएको छ ।सभामुखको एजेण्डामा छलफल नगरी प्रचण्ड चितवन गएपछि यसबारे निर्णय हुन सकेको छैन ।

नेताहरूले दुई अध्यक्षबीच पहिले छलफल भएर एउटै नाम सचिवालय बैठकमा पेस गर्न सुझाव दिएको बताइएको छ । प्रधानमन्त्री ओलीले यसबारे केही बोलेका छैनन् ।

अध्यक्ष प्रचण्ड पार्टी एकताअघि नै सभामुख पद तत्कालीन माओवादीको भागमा परेकाले अब कसलाई सभामुख बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडानमा छन् । तर ओलीनिकट नेताहरूले अहिलेको चुनौतीपूर्ण अवस्थामा सुवास नेम्वाङको विकल्प खोज्न नहुने बताइरहेका छन् ।

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्