Logo
२८ कार्तिक २०८१, बुधबार
(December 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सामाजिक सञ्जालमार्फत जिस्काएमा ५ पाँच वर्ष कैद र १५ लाख जरिमाना, के यो सहि छ ?’

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार संसदको विकास तथा प्रविधि समितिले बहुमतबाट पारित गरेको सूचना प्रविधि विधेयकप्रति असहति जनाएका छन् ।

विधेयकप्रति असहति जनाउँदै उनले नेपाललाई उत्तर कोरिया बनाउन खोजेको गम्भिर आरोपसमेत लगाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै शर्माले त्यस्तो विधेयकलाई ठाडै अस्वीकार गर्ने घोषणा गरेका छन् । ‘सामाजिक सञ्जालमा कसैले जिस्क्याउँदा सम्झाउन वा सहन तयार छु, तर उसलाई जेल पठाउन म तयार छैन’, शर्माले भनेका छन् ।

उनले विधेयकमा उल्लेख भए बमोजिम कसैले सामाजिक सञ्जालमार्फत जिस्काएमा पाँच वर्ष कैद र १५ लाख जरिमाना सही नभएको भन्दै त्यसको खुलेर विरोधमा उत्रन आव्हान समेत गरेका छन् ।,

‘पाँच वर्षसम्म कैद र जरिमाना १५ लाख, के यो सहि छ ? छैन भने खुलेर बोलौं, जमेर बोलौं’ पीएम नेपाल नागरिकले दिएको बहुमत देशलाई उत्तर कोरिया बनाउन थिएन, होइन र यो विधेयक ठाडै अस्वीकार्य छ ।’

प्रकाशित मिति: Dec 30, 2019

प्रतिक्रिया दिनुहोस्