Logo
१३ बैशाख २०८१, बिहीबार
(December 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इलाका प्रशासन कार्यालय २ महिनादेखि प्रमुखविहीन, सेवाग्राही मर्कामा

सल्यान : बागचौर नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय दुई महिनादेखि प्रमुखविहीन बनेको छ । यस अघि कार्यालय प्रमुख सरुवा भएपछि नयाँ कार्यालय प्रमुख नआएको प्रशासन स्रोतले जनाएको छ ।

कार्यालयमा लामो समयदेखि प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सबैभन्दा बढी कार्यालयबाट नागरिकता लिन आउनेहरू प्रत्यक्ष मारमा परेका छन् । इलाका प्रशासनबाट सहजै पाइने नागरिकता लिन सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनु पर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।

बागचौर नगरपालिका, दार्मा र कुमाख गाउँपालिकाका सेवाग्राहीलाई मध्यनजर गरी बागचौरमा २०७२ सालदेखि कार्यालय स्थापना भएको छ । कार्यालयमा प्रमुख विहीन हुँदा काम गर्न समेत समस्या भएको कार्यालयका नायव सुब्बा हरि सापकोटाले बताए ।

दुई महिनादेखि प्रमुख नहुँदा वडा अध्यक्षहरूलाई जिल्लाको सिफारिस दिन आग्रह गरिएको उनको भनाई छ । अहिले पासपोर्टको अभिलेख भिडाउन मात्र सेवाग्राही आउने गरेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले इलाका प्रशासन कार्यालय सल्यानबाट कार्यालय प्रमुखको सरुवा भएलगत्तै कर्मचारी पठाइ दिने भनेर गृहमन्त्रालयमा ताकेता गरेको जानकारी दिए ।

बागचौरलाई पहिलो प्राथमिकतामा राखेर कर्मचारी पठाउने मन्त्रालयले बताएको न्यौपानेले बताए । उनले भने, ‘इलाका प्रशासन कार्यालयबाट सेवा लिन आउने सेवाग्राहीलाई समस्या भएको मैलै पनि महशुस गरेको छु ।’

प्रकाशित मिति: Dec 29, 2019

प्रतिक्रिया दिनुहोस्