Logo
३ माघ २०८१, बिहीबार
(December 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्मा भाँडभैलो-मोन्टेनेग्रोका दलका नेता पक्राउ, हिंसात्मक क्रियाकलाप गरेको आरोप

मोन्टेनेग्रोका विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ । संसदमा नाटकीय र हिंसात्मक क्रियाकलाप गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको अधिकारीले जनाएका छन् ।

धार्मिक स्वतन्त्रतासम्बन्धी विवादास्पद कानून पारित भएपछि उनले संसदभित्र विरोध तथा प्रदर्शन गरेका थिए । नयाँ कानूनमा समावेश गरिएको चर्चासम्बन्धी विषयलाई लिएर मोन्टेनेग्रोको सरकार पक्ष र विपक्षबीच विवाद चर्कंदै गएको छ ।

संसदमा बिहीवार विवाद भएकोमा राति अबेरसम्म पनि साम्य भएको थिएन । विपक्षी दल डेमोक्र्याटिक फ्रन्टका सांसदले विवादास्पद कानून पारित नगर्न दबाब दिएका थिए ।

विधेयकमा विपक्षीलाई संशोधन प्रस्ताव दर्तासमेत अस्वीकृत भएपछि उनीहरूले संसदको बैठक कक्षमै माइक तोडफोड गर्ने, अरू पार्टीका नेतालाई भौतिक आक्रमण गर्ने लगायतका हिंसात्मक गतिविधि गरेका थिए ।नियन्त्रणमा लिइएका विपक्षी नेता मिलान क्नेजेभिक र अन्द्रिजा मान्डिकलाई शुक्रवार बिहान छाडिएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: Dec 29, 2019

प्रतिक्रिया दिनुहोस्