Logo
३ माघ २०८१, बिहीबार
(December 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुकलाई पछाडि पार्न अन्तरवस्तु नबुझी सरकार विरुद्ध भ्रम फैलाउने प्रयास : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पछाडि पार्न असाधारण प्रयास भइरहेको बताएका छन्। शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट पत्रकारको प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै ओलीले यस्तो आरोप लगाएका हुन्। सँगै उनले अन्तरवस्तु नबुझी भ्रम फैलाउने प्रयास भइरहेकोसमेत आरोप लगाए।

‘साधन स्रोत भएकाले अहिले अन्तरवस्तु नबुझी भ्रम फैलाउने निकै कोसिस गरिरहेका छ्न्’, प्रधानमन्त्री ओलीले भने, ‘मुलुकलाई पछाडि पार्ने असाधारण कोसिस भैरहेको छ।’

प्रधानमन्त्री ओलीले गोकर्ण रिसोर्टको जग्गा यति समूहलाई लिजमा दिने निर्णयको बचाउ गर्दै यस्तो बताएका हुन्। उनले विगतमा हचुवामा दिएको जमिन अहिले मापदण्ड बनाएर दिइएको दाबीसमेत गरे ।

प्रकाशित मिति: Dec 28, 2019

प्रतिक्रिया दिनुहोस्