Logo
१३ बैशाख २०८१, बिहीबार
(December 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री दीपिका पादुकोणमाथी स्क्रिप्ट चोरेको आरोप, अदालतमा मुद्दा दायर

बलिउड अभिनेत्री दीपिका पादुकोणमाथी स्क्रिप्ट चोरेको आरोप लोगेको छ । पादुकोणको निजि प्रोडक्सन हाउसले निर्माण गरेको फिल्म ‘छपाक’ लाई स्क्रिप्ट चोरीको आरोप लागेको छ।

बलिउड अभिनेत्री दीपिकाको निर्माणमा आगामी साता रिलिज हुन लागेको उक्त फिल्मको स्क्रिप्ट भारतीय लेखक राकेश भारतीले चोरीभएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका थिए।

उनले फिल्ममा ‘लेखकको रुपमा आफूलाई क्रेडिट दिन पनि अदालतमा अपिल गरेका छन्। सन् २०१५ मा भारतीय मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिऐसनमा दर्ता गराएर ब्ल्याक डे नामक फिल्म बनाउने तयारीका लागि आफूले तयार गरेको स्क्रिप्टअनुसार छपाक निर्माण भएको भन्दै उनले अदालतमा मुद्दा दर्ता गरेकाे जनाइएकाे छ।

लेखक राकेशले ‘छपाक’ को निर्मातालाई यसबारे जानकारी गराउँदा कुनै प्रतिक्रिया नआएपछि अदालतमा मुद्दा दर्ता गराएको उनका वकिलकाे भनाइ छ।

मुद्दाको सुनावाइ भने आगामी शुक्रबार हुँदैछ। आफूले निमार्ण गरेको फिल्ममा नायिका पादुकोनकाे मुख्य अभिनय छ भने विक्रान्त मेस्सी नायकका रुपमा देखा पर्ने छन्।

एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको कथामा आधारित मेघना गुलजारद्वारा निर्देशित ‘छपाक’ फिल्म आगामी जनवरी १० मा रिलिज हुँदैछ।

यता पादुकोण मुख्य भूमिका रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ।

मेघना गुल्जारको निर्देशनमा बन्ने सिनेमा आगामी वर्ष जनवरी १० मा रिलिज हुनेछ। सिनेमामा उनी मालती नामक पात्रमा देखिने छिन्।

एसिड आक्रमणबाट बचेकी एक युवतीको वास्तविक जीवनमा आधारमा फिल्म बनेको छ।

सिनेमा लक्ष्मी अग्रवाल नामक एक युवतीको जीवनीमा आधारित बनेको हो।

उनलाई १५ वर्षको उमेरमा एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर विवाह गर्न नमानेको भन्दै एसिड प्रहार गरेका थिए। सो घटनापछि उनी एसिड हिंसाविरूद्धको अभियानकर्ता बनेकी छन्।

फिल्म ‘छपाक’ को ट्रेलर : 

प्रकाशित मिति: Dec 27, 2019

प्रतिक्रिया दिनुहोस्