कलौनी र मिस्टर आरजेका देउडा फ्युजन गीत ‘बनारसको साडी’ (भिडियो सहित)
काठमाडौं : सर्जक तथा गायक नवराज कलौनी र राजेन्द्र भट्ट (मिस्टर आरजे) ले संयुक्त रुपमा अत्यन्तै फरक शैलीको देउडा फ्युजन गीत “बनारसको साडी” लिएर आएका छन्। गीतका शब्द गायक कलौनीले नै गरेका हुन् भने शब्द परिस्कृत आरजेले गरेका छन्।
कलौनीकै लयमा रहेको गितको सम्योजन श्यामश्वेत रसाइलीले गरेका छन् भने गीतको निर्देशन र सम्पादन भने रंगीत बल्लभ उप्रेतीले गरेका हुन्। सुदुरपश्चिमको मौलिक लोक भाकालाई आधार मानेर समय सापेक्ष ढंगले गीत तयार पारिएको कलौनीले बताए ।
कलौनी र आरजेले विगत केहि वर्षयता सुदुरपश्चिमका मौलिक लोक भाकाहरुलाई समय सापेक्ष बनाई श्रोता/ दर्शक माझ पु¥याउने प्रयास गरेका छन्। राजेन्द्र भट्ट (मिस्टर आर जे) नेपाली सङ्गीत जगतको स्थापित नाम हो। उनले भुन्टी, पिच रोड, यति यति पानी, नौटंकी मायालगायत थुप्रै चर्चित गीतमा स्वर/शब्द/संगीत भरेका छन्।