Logo
१३ बैशाख २०८१, बिहीबार
(December 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली गीतको रिहर्सल गर्न प्रसिद्ध बलिउड गायिका आशा भोस्ले रेडियो नेपालमा

प्रसिद्ध बलिउड गायिका आशा भोस्ले सिंहदरवार स्थित रहेको रेडियो नेपालको संगीत स्टूडियोमा केही नेपाली गीतको रिहर्सल गरेकी छन् ।

शनिबार काठमाडौँमा  हुने एक कन्सर्टमा सहभागी हुन गायिका भोस्ले बुधबार नेपाल आउनुभएको हो । गायिका आशा भोस्लेले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है लगायतका दर्जनौ नेपाली गीत गाएकी छन् ।

उनलाई रेडियो नेपालमा कार्यकारी निर्देशक सुरेशकुमार कार्की र नायव कार्यकारी निर्देशक अशोक बास्कोटासहितका टोलीले रेडियो नेपालमा स्वागत गरेका थिए ।

प्रकाशित मिति: Dec 26, 2019

प्रतिक्रिया दिनुहोस्