सूर्य ग्रहणका कारण कांग्रेसको बैठक ११ गतेका लागि सर्यो
काठमाडौं : पुस १० गते दिउँसो १ बजेको लागि डाकिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ।
‘भोली सुर्य ग्रहण पनि लाग्नेवाला छ, नेताहरुले छलफल अझै बाँकी रहेको बताउनु भएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य-सचिव कृष्ण पौडेलले भने, ‘बैठक अब ११ गते दिउँसो १ बजे बस्छ।’
विभाग थप गर्ने र भ्रातृ संघसंस्थाको विषयमा सहमति नहुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बहिष्कार गर्दै आइरहेको छ।
पौडेल पक्षले पटक(पटक बैठक बहिष्कार गरेपछि एक हप्ता स्थगित भएको बैठक भोली दिउँसो १ बजेका लागि डाकिएको थियो।