Logo
१५ चैत्र २०८०, बिहीबार
(December 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बास्तबमा क्रिसमस पर्व इसाईहरुको पर्व होइन !

क्रिसमस पर्व हरेक वर्ष ईशा मसीहको जन्म दिवसको रुप्मा मनाउने गरिन्छ ! महत्वपूर्ण कुरा के छ भने ईसा मसीहको जन्म कहिले भएको थियो ? यो कुरा पूर्ण रुपले स्पष्ट छैन ! जहाँ सम्म कि बाईबलमा पनि ईसा मसीहको जन्मको तारिखको कुनै पुष्टि गरिएको छैन ! बाइबलमा कहिँ पनि इशा मसिहको जन्म दिन मान्ने बारे केही कतै पनि लेखिएको छैन ! यस्तो अवस्थामा आखिर २५ डिसेम्बरकै दिन ईसा मसीहको जन्मको तारिख किन मानियो, सम्पूर्ण विश्वमा केवल यही दिन किन क्रिसमस मनाइन्छ ? जिसस को जन्मको वास्तविक तारिकको बारेमा कसैलाई पनि जानकारी छैन !

जिसस को जन्मको वास्तविक तिथी तथा समयको बारेमा कहिं पनि लेखिएको छैन ! यहाँ सम्मकि बाइबलमा पनि जिसस को जन्मको तारिखको बारेमा भनिएको छैन ! रोममा ३०० एडि पछि मात्र रोमन क्याथोलिक चर्चले क्रिसमस पर्व मनाउन थालेको इतिहास छ ! त्यो समयमा पादरी बाहेक बाइबल पढ्ने सर्ब साधरणलाई जीउँदै जलाएको इतिहास छ ! रोमको इतिहासमा २५ डिसेम्बरकै दिन सुर्य देबताको पुजा गरिन्थ्यो ! रोम ईशाइ देस भएपछि २५ डिसेम्बरलाई ईशा मसीहको जन्मको दिन भनेर बनाइयो !

इशा मसिह जन्मेको ३०० बर्ष पछि रोमन क्याथोलिक चर्चले सुरु गरेको क्रिसमस पर्वको देखासिकि गर्दै अहिले ९०% इशाइ धर्मावलम्बी ले यो पर्व मान्छ्न ! बिश्वमा 2 अर्ब बढी इशाइ धर्मावलम्बी रहेको बताइन्छ ! नेपालमा ४० लाख भन्दा बढी रहेको बताइन्छ !

प्रकाशित मिति: Dec 25, 2019

प्रतिक्रिया दिनुहोस्