Logo
७ माघ २०८१, सोमबार
(December 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण

चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण गरिएको छ ।भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप मिनी पानी जहाज सफल परीक्षण गरिएको हो ।

निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धनिर्देशक रामचन्द्र कँडेलले भने, आइतबार साढे तीन बजे टेस्ट ड्राइभ गरेका थियौँ, परीक्षण सफल भएको छ ।

निर्माणको क्रममा रहेको क्रुजको ९० प्रतिशत काम सकिएको कँडेलले जानकारी दिए। नारायणगढ बजारबाट करिब छ किलोमिटर दक्षिण पश्चिममा रहेको काभ्रेघाटबाट नारायणी नदीमा परीक्षण गरिएको हो । एक किलोमिटर जति सञ्चालन गरेका थियौँ, कँडेलले भने , ुहामी सफल भएका छौं, अब बुधबार केही किलोमिटर परीक्षण गर्दैछौँ ।

तीन तला रहेको जहाजको सुन्दरता दिने काम बाँकी रहेको छ । दुई सय जना अट्ने क्षमता रहेको जहाजमा कुर्सी राख्ने, कार्पेट, रङरोगन गर्ने, पानी ट्याङ्की, बिजुली जडानलगायतको काम बाँकी रहेको प्रबन्धनिर्देशक कँडेलले जानकारी दिए। दशैँ अगाडि सञ्चालनमा ल्याउने तयारी गरेका थियौँ, डिजाइनमा केही परिवर्तन गर्नुपर्ने र निर्माणको क्रममा ढिलाइ भएकाले सकेनौँ, उनले भने , सकेसम्म जनवरी महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।

जहाज चल्ने क्षेत्र काभ्रेघाटदेखि देवघाटसम्म करिब २५ किलोमिटरको दूरीमा सफल परीक्षण गरेपछि मात्र उद्घाटन गर्ने छौँ, उनले भने । अहिले हतार गरेर घोषणा गर्दैनौँ हामी निर्माणको क्रममा छौँ, केही समस्या आएमा त्यसलाई समाधान गर्नेतर्फ लाग्नुपर्दछ उनले भने । जहाज चल्ने क्षेत्रमा रहेका अवरोध हटाउने काम भएको छ, अन्य कुनै समस्या भए त्यसको समाधान गर्नुपर्दछ, जहाजको सुन्दरता, यसको मापदण्ड सबै पूरा भएपछि मात्र उद्घाटनको मिति घोषणा गर्नेछौँ, कँडेलले भने ।

नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माणाधीन उक्त क्रुज सिपमा भारत केरलाका प्राविधिकलेगोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: Dec 24, 2019

प्रतिक्रिया दिनुहोस्