Logo
४ माघ २०८१, शुक्रबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाकाबन्दीभन्दा सीमा मिचिएको विषयमा अझै बढी बोल्नुपर्ने प्रधानमन्त्री किन मौन ?

नेपाल-भारत सीमा विवादलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पहल नगरेको भन्दै असन्तुष्टि जनाएको छ।

राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले कालापानी, लिम्पयाधुरा र लिपुलेक भारत मिचेको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष वार्ता गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

उनले नाकाबन्दीका विषयमा प्रधानमन्त्री ओलीले लिएको अडान र भनाइको प्रशंसा गरे। नाकाबन्दीभन्दा सीमा मिचिनु थप संवेदनशील विषय भएको हुँदा यो विषयमा अझै बढी बोल्नुपर्नेमा प्रधानमन्त्री मौन बसेको आरोप लगाए।

‘यो नाकाबन्दीभन्दा पनि यो संवेदनशील विषय हो, माटो मिचिएको छ, देशको सीमा मिचिएको छ’, उनले प्रश्न गरे, ‘नाकाबन्दीको बेला आगो ओकल्न तयार हुने प्रधानमन्त्री ओलीले अहिले मौनता साँधिरहेनु भएको छ, जबकि त्यो भन्दा भन्दा बढी संवेदनशील अहिले हुनुपथ्र्यो।’ राष्ट्रिय सभा सदस्य पाण्डेले राजनीतिक तहमा वार्ता गर्न कोसिस र चेष्टा नै नगरेको भन्दै प्रधानमन्त्रीको भूमिकाको विरोध गर्दै यस विषयमा सदनमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे।

‘प्रधानमन्त्री के गरिरहनुभएको छ, परराष्ट्र मन्त्रालयले के गरिरहेको छ?’, उनले भने, ‘यो समस्याको समाधानका लागि अन्य सरकारी निकाय के गर्दैछन्? यो समस्या कसरी समाधान हुन्छ भन्ने विषयमा सोच्न जरुरी छ।’ उनले नाकाबन्दी र सीमा मिचिँदा दुबैपटक कांग्रेसले सरकारलाई साथ दिएर थप बल प्रदान गरेको समेत स्पष्ट पारे।

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्