Logo
१३ बैशाख २०८१, बिहीबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैत्रीय सहकारीको १२ औँ साधारणसभा : वार्षिक २२ करोडको हाराहारीमा कारोबार

मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको १२औँ साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायको सभापतित्वमा भएको साधारणसभाको उद्घाटन भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कान्छाभक्त घजुले पानसमा बत्ती बालेर गरेका थिए ।

प्रमुख अतिथिका रूपमा उपस्थित घजुले सभालाई सम्बोधन गर्दै नियम तथा नीतिहरूबारे सही जानकारी राखेर सोअनुरुप संस्थालाई अघि बढाउनु अति आवश्यक भएको सुझाव दिए । लगभग दुई दर्जन सदस्यहरूबाट आरम्भ भएको सहकारीले बाह्र वर्षको यात्रा तय गर्दा करिव चौध सय सदस्य सङ्ख्या पुऱ्याई वार्षिक २२ करोडको हाराहारीमा कारोबार गर्ने हैसियतमा आफूलाई उभ्याएको छ ।

१२ औं साधारणसभामा अतिथिका रूपमा उपस्थित भई मैत्रीयलाई शुभकामना दिने क्रममा सिभिल मर्चेन्ट बैंकका सिईओ युवराज गुरागाईंले सहकारी संस्थाले सदस्यहरूको आर्थिक समृद्धिमा सहयोग पुऱ्याउनु पर्ने र नाफा तथा लाभांश भन्दा पनि सेवा-सुविधामा ध्यान दिनुपर्ने कुरामा विशेष जोड दिनुपर्ने बताए ।

अतिथिका रूपमा राष्ट्रिय बाणिज्य बैंकका प्रशासन विभाग प्रमुख सानुभाइ खड्का, समाजसेवी एवम् स्थानीय मेरीगोल्ड स्कुलका संस्थापक अध्यक्ष तथा मैत्रीयका सल्लाहकार उद्धव सिलवाल, सूर्यविनायक नगरपालिकाका प्रतिनिधि पुष्कर बराल, बालकोट साकोसका तर्फबाट प्रतिनिधि जयराज पौडेल, नेपाल रेडक्रस सोसाइटी भक्तपुर उपशाखा बालकोटका सभापति चन्द्रकृष्ण श्रेष्ठ र सूर्यविनायक नगरपालिकाका प्रतिनिधि पुष्कर बरालले पनि नवनिर्वाचित कार्यसमितिलाई शुभकामनाका साथै आ-आफ्नो सुझावव-मन्तव्य दिएका थिए ।

सभापतिको आसनबाट संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले सहकारी अभियानबाट मुलुकको गरिवी न्यूनीकरण र समग्र आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्दै आएको उल्लेख गर्दै मैत्रीय सहकारीले पनि यसमा एउटा इँटा थप्ने सत्प्रयास गरेको बताए । संस्थाका कोषाध्यक्ष दिवाकर सिलवाल र सचिव सुमन सिलवालले आ.व. ०७५/७६ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाकै बीच मैत्रीयले संस्थाका सदस्यहरूलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरेको थियो । जसमा, मिठु सिलवाललाई नगदसहित जेष्ठनागरिक सम्मान गरिएको थियो भने बालबचततर्फ गृष्मा थापा, नियमित बचततर्फ प्रियङ्का पुर्वे, दैनिक बचततर्फ गणेशलाल श्रेष्ठ, आवधिक बचतमा सरिता कार्की, असल कारोबारतर्फ आत्माराम तामाङ, ऐच्छिक बचतमा सीता विश्वकर्मा र मैत्रीय शैक्षिक सम्मान कृति लामिछानेलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

साधारणसभाले पुरानै कार्यसमितिलाई निर्विरोध रूपमा निरन्तरता दिने निर्णय लिएको सञ्चालक नवीन उप्रेतीले जानकारी दिए । बताइएअनुसार अध्यक्षमा बालमुकुन्द उपाध्याय, उपाध्यक्षमा कुवेर श्रेष्ठ, सचिवमा सुमन सिलवाल, कोषाध्यक्षमा दिवाकर सिलवाल तथा सदस्यहरूमा हरिबोल न्यौपाने, आरती केसी र नवीन उप्रेती रहेका छन् भने लेखासमितिको जिम्मेवारी भाइकाजी खत्री, राजेन्द्र पराजुली र सविन सिलवाललाई दिइएको छ । उक्त कार्यक्रमको सञ्चालन राजेन्द्र पराजुलीले गरेका थिए ।

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्