बसको ठक्करबाट चाबहिलमा छात्राको ज्यान गयो, विद्यार्थीको प्रदर्शन, सवारी आवागमन प्रभावित
चाबहिलमा बसको ठक्करबाट एक जना छात्राको ज्यान गएको छ । बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको प्रहरी हो । यो सँगै चाबहिल क्षेत्रमा तनाव सृजना भएको छ ।
सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा गरेको आगजनी र प्रदर्शन गरेका छन । बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्याइएकोमा त्यही उनको मृत्यु भएको हो ।
विद्यार्थीको प्रदर्शनपछि सवारी आवागमन प्रभावित भएको छ । उनी पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययन गर्दथिन् ।
आगजनी गरेको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ ।