Logo
३ माघ २०८१, बिहीबार
(December 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदबाट एमससीसी पारित गर्न ओली-देउवाबीच भित्री सहमति, सरकारले प्रस्ताव गर्ने प्रतिपक्षले सघाउने

अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) बारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद भइरहँदा देशका दुई प्रभावशाली नेताहरुबीच भने भित्री सहमति भइसकेको छ ।

एमसीसी संसदबाट पारित गराउनेबारे प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति बनेको हो ।

ओली र देउवाले एमसीसी संसदबाट पारित गराउने सहमति गरिसक्दा नेकपाका अर्का अध्यक्ष प्रचण्ड भने एमसीसीबारे सकारात्मक छैनन् । एमसीसीकै विषयले देउवासँग प्रचण्डको दुरी बढेको छ ।

पछिल्लो समय ओलीसँग नजिकिएका देउवाले एमसीसी पारित गराउने शर्तमा संसदको केही महत्वपूर्ण विषयमा समेत अवरोध नगर्ने भएका छन् ।

विशेषगरी सभामुख चयनमा भित्री रुपमा ओलीलाई नै साथ दिने गरी रणनीति बनेको विश्वस्त स्रोतले जानकारी दिएको छ । एमसीसीबारे नेपाली काँग्रेस सकारात्मक छ ।

नेकपाको ओली पक्षधर पक्षमा रहेपनि प्रचण्ड पक्षधर सकारात्मक छैन । यसले नेकपाभित्र ध्रुवीकरण बढिरहेको छ । यस्तो अवस्थामा देउवाले ओलीलाई साथ दिएर एमसीसी पारित गर्न सहज अवस्था बनाइदिएका छन् ।

प्रकाशित मिति: Dec 22, 2019

प्रतिक्रिया दिनुहोस्