भारतीय सीमा सुरक्षा बल एसएसबीले दियो नेपालतर्फ निर्माण भइरहेको तटबन्ध रोक्न दबाब
नेपाली भूमिमा भारतको दाबी गरेको पाइएको छ । कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डानजिकै मोहना नदीमा नेपाल पक्षबाट तटबन्ध निर्माण भइरहेको छ।
तर भारतीय सीमा सुरक्षा बल एसएसबीले भने नेपालतर्फ निर्माण भइरहेको तटबन्ध रोक्न दबाब दिएको छ। नेपालतर्फको उक्त नदीकिनारको केही भूभाग आफ्नो भएको दाबी उनिहरुको छ ।
मोहना नदीकिनारमा राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले ठेक्कामा तटबन्ध बनाउन लगाएको छ। निर्माण कम्पनी स्काई जेभीले आयोजनासँग सम्झौता गरेर उक्त क्षेत्रमा सात सय ५० मिटर तटबन्धको काम गरिरहेको छ।
भारतीय सीमा सुरक्षा बलले तटबन्ध निर्माणका लागि सिमाना तोकिदिएकोबारे आयोजनालाई जानकारी गराइसकिएको छ। आयोजनाबाट पनि तटबन्ध निर्माणस्थलको स्थलगत अध्ययन भइसकेको छ।नदीले त्यस क्षेत्रमा रहेको १०८ नम्बरको सीमास्तम्भ बगाएका कारण सीमा विवाद भइरहेको छ ।