Logo
४ बैशाख २०८१, मंगलबार
(December 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कादम्बिनि कृषि सहकारी संस्थालाई युवाले हाँक्ने

प्रदेश एक स्थित मोरङको सुन्दरहरैचा वार्ड नं ७ को गोठगाउँमा रहेको श्री कादम्बिनि कृषि सहकारी संस्था लि को सातौं चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ।

सो चुनावी साधारणसभामा चयन भएको नयाँ कार्यसमितिमा युवाहरुको बढ्दो सहभागिता रहेको थियो। भट्टराई कुल विकास प्रतिष्ठान गोठगाउँको सभाहलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला कृषि सहकारी संघ मोरङका सचिव रविन्द्र आचार्यले कादम्बिनी कृषि सहकारीलाई अगाडि बढाउन र किसानको स्तर उन्नती गराउनका लागि राज्य बाट आउने राहात तथा सस्तो ब्याजका रकम कृषि सहकारीलाई दिनु पर्ने र अर्को तिर किसान द्वारा उत्पादित सामाग्री विचौलिया ले होइन राज्यले जिम्मा लिनु पर्ने बताएका थिए।

कार्यक्रममा संस्थाका अध्यक्ष सिताराम भट्टराईको सभापतित्व रहेको थियो भने वार्ड नं ७ का वार्ड सदस्य विष्णु प्रसाद घिमिरे को विशेष आतिथ्यता रहेको थियो।

यस्तै कार्यक्रममा अतिथीहरुमा सुरक्षा महिला उदमी सहकारी सस्थाकी अध्यक्ष दुर्गा भट्टराई , संस्थापक अध्यक्ष कुमार दाहाल, भट्टराई कुल विकास प्रतिष्ठान का उपाध्यक्ष साथै समाजसेवी केशव भट्टराई, संस्थाका सल्लाहकारहरु अम्बिका सापकोटा, टिकाराम लुइँटेल लगायत बुद्धिजीवी समाजसेवि र सहकारी बिज्ञ हरु को उपस्थिति रहेको थियो।

सस्थाले वार्षिक साधारणसभाको अवसरमा आफ्ना सेयर सदस्य बाट जेष्ठ नागरिक सम्मान, असल ॠणि सम्मान, कृषक सम्मान लागायत विभिन्न बिधा मा सम्मान समेत गरेको थियो। कार्यक्रममा आजै पुरानो समिती लाई विघटन गरि मनोज दाहाल को अध्यक्षता मा ७ सदस्य सन्चालक समिती समेत र ३ लेखा समिति गरी जम्मा १० जनाको समिति गठन गरिएको छ।

चयन भएको समितीमा अधिकान्श नयाँ जोस र जाँगर बोकेका युवा अनुहार हरु रहेका छन्।नयाँ समितीको अध्यक्षमा-मनोज दाहाल, उपाध्यक्षमा -सरस्वती दाहाल अधिकारी, सचिबमा-मिलन लुइँटेल, कोशाध्यक्षमा-लक्ष्मी केसी सदस्यहरुमा नरेन राय, ठमराज न्यौपाने, तारा दाहाल यस्तै लेखा समतिको सम्योजक मा निराजन धमला, लेखा सदस्यहरु मा बिनिता लुइँटेल र टीका प्र दाहाल सर्बसम्मत चयन भएका छन् भने कार्यक्रम संस्थाका सचिव विदुर दाहालले सञ्चालन गरेका थिए।

प्रकाशित मिति: Dec 21, 2019

प्रतिक्रिया दिनुहोस्