Logo
३ माघ २०८१, बिहीबार
(December 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ एसपीको सरुवा : बिमानस्थलमा मल्ल, चितवनमा पन्त, धनुषामा बस्नेत

प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरिक्षक (एसपी ) हरुको सरुवा गरेको छ । सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यलय चितवनमा गंगा पन्तलाई पठाइएको छ भने धनुषामा रमेश कुमार बस्नेतको सरुवा भएको छ ।

झापामा भने कृष्ण कोइरालालाई पठाइएको छ । त्यस्तै, कंचनपुरमा मुकुन्द मरासनीको सरुवा भएको छ भने रवीराज खड्काको रौतहटमा सरुबा भएको छ।

मकवानपुरमा सुशिल सिंह राठौरको सरुवा भएको छ भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ । चितवनका दानबहादुर मल्लको बिमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ ।

चितवनका दान बहादुर मल्लको बिमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ भने स्याङ्जामा जनर्दन जिसीलाई पठाइएको छ । प्रदेश ट्राफिक कार्यालय बारामा भने श्याम कुमार महतोलाई पठाइएको छ।

प्रकाशित मिति: Dec 20, 2019

प्रतिक्रिया दिनुहोस्