पुस ११ बाट सभामुख चयन प्रकृया : एक साताका लागि संसदको बैठक स्थगित
संघीय संसदको प्रतिनिधि सभाको सभामुख चयन प्रकृया पुस ११ गते बाट सुरु हुने भएको छ । शुक्रबार सुरु हुने संसदको हिउँदे अधिवेसनको पहिलो दिन शुक्रबार (आज) बस्ने र एक साता स्थगित गरिने भएको छ ।
उपसभामुख शिवमायाँ तुम्बाहाम्फेको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले ११ गते बाट समामुख चयन प्रकृया थाल्ने निर्णय गरेको हो ।
संसदको आजको बैठकमा भने राष्ट्रपतिले पठाएको संसदको अधिवेशन आब्हान गरेको पत्र पढेर सुनाउने शोक प्रस्ताव पारित गर्ने तथा हिंउदे अधिवेशनमा सभामुख तथा उपसभामुखको अनुपश्थितिमा संसदको बैठकमा अध्यक्षता गर्ने ७ जना अध्यक्षमण्डलका सदस्यहरुको नाम पढेर सुनाउने कार्यसूची छ ।