नेकपा संसदीय दलको बैठक बस्दैः पार्टी अध्यक्ष प्रचण्डले सांसदहरूलाई सम्बोधन गर्ने
नेकपा संसदीय दलको बैठक बस्दैछ । यधपि प्रधानमन्त्री केपि शर्मा ओलीको सहभागिता हुने नहुने अन्यौल छ । प्रधानमन्त्रीले सकेसम्म आफू बैठकको अध्यक्षता गर्न आउने जानकारी दिएको बताइएको छ ।
प्रधानमन्त्री ओली गत आइतबारदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा पनि सहभागी भएका छैनन् ।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक बोलाएको हो ।
आजबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गर्न दलको बैठक बोलाइएको बताइएको छ । दलको बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसकेमा उपनेता नेम्वाङले नै अध्यक्षता गर्ने बताइएको छ ।
बैठकमा पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताले सांसदहरूलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीको हिजोमात्र मिर्गौलाको नियमित डायलासिस गरिएको थियो ।दलको बैठक र संसद् अधिवेशनका कारण स्थायी कमिटीको शुक्रबारको बैठक भने स्थगित भएको छ ।