Logo
७ माघ २०८१, सोमबार
(December 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रातृ संस्थाहरुको म्याद थप गरेपछि कुनै एकको सभापति दिनुपर्ने अडानमा पौडेल समुह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भ्रातृसंस्था तरुण दल र नेपाल विद्यार्थी (नेवि) संघमा आफूपक्षीय रणनीति बनाउन विशेष भेला राखेका छन्। सभापति शेरबहादुर देउवाले कार्यकाल सकिएका यी दुई संस्थाको म्याद थप गर्ने गृहकार्य गरिरहेका बेला पौडेल समूहले छुट्टाछुट्टै स्थानमा तरुणदल र नेविसंघको विशेष भेला राखेको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए।

नेविसंघको भेला साढे १ बजेदेखि मध्यबानेश्वरमा रहेको एक रेष्टुरेन्टमा राखिएको छ भने तरुण दलको भेला महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा राखिएको तरुणदलका एक निवर्तमान पदाधिकारीले बताए। नेवि संघको विशेष भेलामा कांग्रेसका केन्द्रिय सदस्य नविन्द्रराज जोशी, बद्रि पान्डे र कल्याण गुरुङले नेतृत्व तथा संयोजन गरिरहेका छन् भने तरुण दलको विशेष भेलामा भने पौडेल स्वयं समेत उपस्थित हुने जनाइएको छ।

कोइराला निवासमा हुने भेलामा आगामी दिन कसरी अगाडी बढ्ने भन्ने आन्तरिक रणनीति तय गर्नुका साथै सभापति देउवासँग कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गरिनेछ। बुधबार केन्द्रिय कार्यसमिति बैठक बस्नुअघि सो रणनीति तय गर्न खोजिएको हो। भ्रातृ संस्थाहरुको म्याद थप गरेपछि पौडेल समूहलाई कम्तिमा कुनै एकको सभापति दिनुपर्ने उनीहरुको अडान छ।

यदि तरुण वा नेविसंघमध्ये कुनै एकको सभापति नदिए समानान्तर समिति बनाएर जाने विषयमा निर्णय लिने ती नेताले बताए।

प्रकाशित मिति: Dec 17, 2019

प्रतिक्रिया दिनुहोस्