Logo
२७ कार्तिक २०८१, मंगलबार
(December 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टुटल र पठाओविरूद्धमा अन्तरिम आदेश दिन अदालतद्वारा अस्वीकार

दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको टुटल र पठाओले निरन्तर सेवा दिन पाउने भएको छ ।

ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक रहेको भन्दै रोक्नका लागि उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । सोमबार रिटको सुनुवाई पछि अदालतले रिट निवेदशकको माग अनुसार अन्तरिम आदेश जारी गर्नुनपर्ने ठहर गरेको छ ।

न्यायाधीश प्रभा बस्नेत र शान्ता सेढाईको इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय गरेको हो । अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि टुटल र पठाओले निरन्तर सेवा दिन पाउने भएका छन् ।

उनीहरुले टुटल र पठाओ सञ्चालनमा रोक नलगाएको भन्दै ट्राफिक प्रहरी र सरकारलाई पनि विपक्षी बनाएका थिए ।

प्रकाशित मिति: Dec 17, 2019

प्रतिक्रिया दिनुहोस्