सिद्धबाबालाई अस्पतालमै राख्न र बयान समेत अस्पतालमा नै गराउन अदालतको आदेश
काठमाडौं : एक अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने जगतगुरु कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।अदालतले दिएको तीन दिनको म्याद सकिएपछि पुनः म्याद थप गर्न उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतबाट तेस्रो पटक समय लिएको हो । अनुसन्धान नसकिएको भन्दै प्रहरीले पुनः म्याद थपको लागि सरकारी वकिल कार्यालय मार्फत् म्याद मागेको थियो । अदालतका न्यायाधीश मणिराम न्यौपानेको इजलासले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । अदालतमा उपस्थित गराएर कृष्णदासलाई पुनःविराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिनमा नै लागिएको छ ।
अदालतले प्रहरीलाई अस्पतालमा नै राख्न र बयान समेत अस्पतालमा नै गराउन आदेश दिएको छ । प्रहरीले बलात्कार गरिएको भनिएकी महिलाको उजुरीको आधारमा अनुसन्धान गरिरहेको छ । गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको हो । तर, सिद्धबाबाले भने आफूलाई षड्यन्त्रमा पारिएको दाबी गरिरहेका छन् ।