Logo
११ माघ २०८१, शुक्रबार
(December 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ को नाम लुम्बिनी राख्न सिफारिस, २ को जनकपुर, ३ को बागमती

प्रदेश ५ को नाम लुम्बिनी राख्न सिफारिस गरिएको छ । प्रदेशको नाम तथा राजधानी तोक्न गठन गरिएको विशेष समितिले यस्तो सिफारिस गरेको हो ।

समितिको आइतबार बसेको बैठकले नाम सिफारिस गरे पनि प्रदेशसभालाई बुझाउने र सार्वजनीक गर्ने काम अझै गरेको छैन । समितिको सिफारिसलाई प्रदेश सभा बैठकको दुई तिहाइले पारित गर्नुपर्ने प्रावधान छ ।

डेढ वर्षअघि गठित समितिले नामको जिम्मेवारी पूरा गरे पनि राजधानी कहाँ भन्ने एकिन सिफारिस गर्न सकेको छैन । समितिले राजधानीका लागि रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगङ्गा र बुद्धभूमि तथा दाङको भालुवाङ, लमही गरी तीन स्थान सिफारिस गर्ने तयारी गरेको संसदीय विशेष समिति एक सदस्यले बताए ।

एकै ठाउँमा राजधानी तोक्दा विवाद आउने भएपछि यसो गरिएको उनको भनाइ छ । नाम र राजधानी तोक्ने विषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेशसभा बैठकले २०७५ साउनमा प्रदेश सभा सदस्य दिपेन्द्र पुनको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो । समितिले पहिलो कार्यादेशभित्र जिम्मेवारी पूरा गर्न नसकेपछि ३/३ पटक म्याद थप गरिएको थियो ।

समिति कर्मचारीसहित १२ जनाको टोली पछिल्लो पटक भारतका दुई राज्य हरियाणा र पन्जाबको राजधानी अवलोकन भ्रमण गरेर राजधानीबारे ‘आइडिया’ निकालेको थियो । समितिको आइडियालाई प्रदेशसभाले समर्थन गर्छ गर्दैन त्यसका लागि भने प्रदेश सभाको अधिवेशनसम्म कुर्नुपर्ने देखिएको छ ।

यो संगै अब बााकी रहेको प्रदेशहरुको नाम पनि तत्कालिन अञ्चलकै नाममा राखिने देखिएको छ । प्रदेश १ को कोशी वा सरगरमाथा प्रदेश २ को जनकपुर र प्रदेश ३ को बागमती राखिने संभावना देखिन्छ । यसअघि कर्णली र गण्डकी प्रदेश नाम राखि सकिएको छ । त्यस्तै प्रदेश ७ को नाम भने सुदूरपश्चिम प्रदेश राखिसकिएको छ ।

प्रकाशित मिति: Dec 16, 2019

प्रतिक्रिया दिनुहोस्