Logo
१३ बैशाख २०८१, बिहीबार
(December 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई निधन भएको छ। भट्टराईको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो।

उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई  उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएका उनलाई तत्काले मृत घोषणा गरिएको थियो।

उनको अचानक मृत्यु के कारणले भयो भन्ने बारेमा केही खुलेको छैन। ५४ वर्षिय भट्टराई पत्नी र छोरा रहेका छन्।

करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय रहँदै आएका थिए।

पछिल्लो पटक उनले ‘यात्रा’ नामक सिनेमा निर्माण गरेका छन्। ‘यात्रा’सहित उनले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’ लगायतका सिनेमा निर्माण गरेका थिए।

प्रकाशित मिति: Dec 16, 2019

प्रतिक्रिया दिनुहोस्