सिन्धुपाल्चोकमा बस दुर्घटनाः मृत्यु हुनेको संख्या १४ पुग्यो,मृतकको सनाखत हुन बाँकी
सिन्धुपाल्चोकमा बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।अन्य २० जना घाइते भएका बताइएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलो भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटनामा परेको हो ।
घटनामा जुन माया घले लगायत १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मध्ये १ जनाको मात्र सनाखत भएको छ भने अन्यको सनाखत हुन बाँकी छ ।
कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आज बिहान ८ः१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन ।प्रहरी र स्थानीय अहिले घाइते यात्रुको उद्धारमा जुटेका छन् ।