बम बिस्फोटमा गम्भीर रहेका इन्सपेक्टर दाहालको पनि मृत्यु, बाबु-छोरासहित मृतकको संख्या ३ पुग्यो
प्रदेश २ स्थित महेन्द्रनगरमा भएको बम बिस्फोटमा घाइते भएका धनुषाको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर अमिर दहालको पनि मृत्यु भएको छ ।
शुक्रबार राति बम बिस्फोटमा परि गम्भीर घाइते भएका इन्सपेक्टर दाहालको प्रदेश १ स्थित विपी कोइराला विज्ञान प्रतिष्ठान धारानमा उपचारको क्रममा विहान ७ बजेर ६ मिनेटमा मृत्यु भएको प्रहरी श्रोतले जनाएको छ ।
शुक्रबार राति इलाका प्रहरी कार्यालय भन्दा केहि पर क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश्वर साहको घरमा शौचालय अगाडी राखिएको बम प्रहरी निरीक्षकसहितको टोली एकिन गर्न पुगेको बेला बिस्फोट भएको थियो ।
त्यहि बेला बम बिस्फोट हुँदा घरमुली राजेश्वर साह, उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो । भने इन्सपेक्टर दाहाल, प्रहरी जवान रिजन महतो, मृतक साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका थिए ।
उनीहरुसबैलाई उपचारको लागि धरान लगिएको छ । तर उपचारको क्रममा भने इन्सपेक्टर दहालको मृत्यु भएको छ ।