बम बिस्फोटमा परि “मिटरब्याजी” बाबु-छोराकोको मृत्यु, इन्सपेक्टरसहित ४ गम्भीर
प्रदेश २ स्थित धनुषाको महेन्द्रनगरमा मध्यरातमा भएको शक्तिशाली बम बिस्फोटमा परि एकै परिवारका २ जनाको मृत्यु गएको छ । सोही घटनामा परि प्रहरी इन्सपेक्टरसहित ६ जना गम्भीर घाइते भएका छन् ।
क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगर बजारमा भएको बम बिस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो ।
साह परिवार मिटरब्याजी परिवार मानिन्छ, निकै चर्को ब्याजमा कर्जा लगाउने गरेका साहले धेरैलाई घरबार बिहिन बनाएका छन् । ॠण लगाएर चर्को ब्याज भन्दै सम्पत्ति खोस्नी उनको षड्यन्त्र हुनेगरेको बिगतमा धेरै समाचारहरु आएका थिए ।
शुक्रबार राति लगभग १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम बिस्फोट भएको हो । बम हो कि होइन भनि ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट एकीन गर्न पुगेको बेला बिस्फोट भएको थियो ।
बिस्फोटमा प्रहरी निरीक्षक अमीर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली समेत गम्भीर घाइते भएका छन् । उनीहरुको उपचार जनकपुर प्रादेशिक अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि धराण लगिएको छ । अन्य २ जना समान्य घाइते भएका छन् ।
घरमुली साहको मुख्री पेसा नै मोटो रकम ऋण लगानी गर्ने रहेका कारण कसैले उनीहरुलाई हत्या गर्नकै लागि राखिएको बम बिस्फोट भएको हुन सक्ने स्थानीयको आशंका छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने प्रहरीले अनुसन्धान तीब्र बनाएको छ ।
घटनास्थल ईलाका प्रहरी कर्यालयको ३/४ सय मिटरको दुरीमा रहेको छ ।