Logo
१५ चैत्र २०८०, बिहीबार
(December 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किम्फ महोत्सवको तेस्रो दिन नेपालबाट ७ फिल्महरु प्रदर्शनी गरिने

काठमाडौं : काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १७ औं संस्करण अहिले काठमाडौंम सञ्चालन भइरहेको छ । राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा भइरहेको महोत्सवमा २९ देशका ७९ फिल्महरु प्रर्दशनी गरिनेछ । सर एडन्ड हिलारीको शताब्दीको अवसरमा विशेष शो ‘द एसेन्ट अफ एभरेष्ट’ वृत्तचित्रबाट सुरु गरिएको महोत्सवको आज तेस्रो दिन रहेको छ ।

आज तेस्रो दिन नेपालबाट ७ फिल्महरु प्रदर्शनी गरिनेछन् । जसमा प्रशिस बज्रचार्यको ‘कोक्रो’,निपिल शर्माको ‘अतिसर्ग’, सुमन सापकोटाको ‘एटिन’, गणेश पाण्डेको ‘ को हजबेन्द’, प्रदीप ढकालको ‘गाइने’, ग्रिष्मा गिरीको ‘ ब्लुज अफ पिंक’ रजिला श्रेष्ठको ‘ चित्रपुरी नगर’ र नेपाल-अष्ट्रेलियाको एडिथ जेहेन्मेर्त र निकोल बायर को ‘ मिंगमा नुरु शेर्पा स् गोइंग वेस्ट’, अमेरिका(नेपालको माइकल ब्राउनको ‘ दी वेट अफ वाटर’का साथै इरानबाट टिमोर गडेरीको ‘कूह (माउन्टने)’ प्रर्दशन गरिने छन् ।

विशेष शो मा स्विजरल्यान्डका पेट्रा वियोनडिना भोल्पेको ‘ डाई गोथी ओर्थनंग’ अर्थात ‘ द डिभाइन अर्डर’ प्रदर्शनी गरिने छ । ‘भ्वाइस फ्रम दी मार्जिन’ नाराका साथ सुरु भएको किम्फ २०१९, १५ डिसेम्बरसम्म चल्ने छ ।

फिल्म प्रदर्शनीसँगै महोत्सवको अरु अकार्षण भनेको मास्टर क्लास, समूह छलफल, फोटो प्रदर्शनीलगायतका कार्यक्रमहरु पनि रहेका छन् । नेपाली पानोरामा अन्तर्गत १७ फिल्महरु प्रदर्शन गरिनेछन् । महोत्सवको नेपाली पानोरमा र अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धा विधामा परेका फिल्महरुलाई पुरस्कारको व्यवस्था पनि रहेको छ ।

प्रकाशित मिति: Dec 13, 2019

प्रतिक्रिया दिनुहोस्