Logo
११ माघ २०८१, शुक्रबार
(December 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले मिचेको नेपाली भूभाग फिर्ता ल्याउन समय लाग्छ, रातारात हल हुन्न : गृहमन्त्री

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले भारतले दसकौं पहिले मिचेको नेपाली भूभाग फिर्ता ल्याउन समय लाग्ने बताएका छन् ।

भारतले नेपाली भूमि मिचेको र त्यो फिर्ता ल्याउनेबारे सरकारी तयारीबारे प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार भएको छलफलमा गृहमन्त्री थापाले उक्त धारणा राखेका हुन् ।

’सीमा मिचेको विषयमा सरकारले गम्भीर कदम चालिरहेको छ । दसकौं हल नभएको मुद्दा रातारात हल हुन्न’, गृहमन्त्री थापाले भने, ’सरकारी र अन्य तहबाट गम्भीर रूपमा भूमि फिर्ता ल्याउन अभियान चाल्नुपर्ने भएको छ ।’

भारतले सीमा मिचेकोबारे त्यतिबेलाका सरकारहरूले के प्रतिक्रिया दिएका थिए भन्ने समाजवादी पार्टीकी सांसद सरिता गिरीको प्रश्नमा गृहमन्त्रीको जवाफ थियो, ’विगतका सरकारले औपचारिक अडान छोडेका थिएनन्। राजा महेन्द्रले पनि कालापानीको विषयमा अडान राखेका थिए। भारतले नेपालको उत्तरी सीमानामा राखेका १८ सुरक्षा चौकीमध्ये १७ हटाएका थिए। एउटा हटाउन सकेनन्।’

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको भन्ने तमाम प्रमाण सरकारसँग रहेको गृहमन्त्री थापाले जानकारी दिए। ’लिम्पियाधुरामा नेपालको स्वामित्व र सार्वभौमिकता कायम गर्न बाँकी छ।’ सीमाबारे अध्ययनका लागि सरकारले गरेका समितिले छिट्टै काम थाल्ने गृहमन्त्रीको भनाइ थियो।

प्रकाशित मिति: Dec 13, 2019

प्रतिक्रिया दिनुहोस्