Logo
३ माघ २०८१, बिहीबार
(December 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मदन भण्डारी कलेजको पिकनिक जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

भक्तपुर : काठमाडौँबाट भक्तपुरमा वनभोजका लागि आएको मदन भण्डारी कलेजको बस दुर्घटना भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना सख्त छन् भने अन्य २० जनाको अवस्था सामान्य छ ।

शुक्रबार बिहान कलेजबाट भक्तपुरको सूर्य्विनायक नगरपालिका–८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी चक्रराज जोशीले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते २० जना डाक्टर इवामुवारा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु बनभोजका लागि आएका थिए ।

प्रकाशित मिति: Dec 13, 2019

प्रतिक्रिया दिनुहोस्