Logo
६ बैशाख २०८१, बिहीबार
(December 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटना, घटनास्थलमै २ को मृत्यु

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको छ ।

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताए ।

दुर्घटनास्थलमा प्रहरी टोली पुगिसकेकाले मृत्यु हुनेको र घाइतेसहित चालकको नाम सोधपुछ गर्ने काम भइरहेको उनले जानकारी दिए । उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको छ ।

प्रकाशित मिति: Dec 12, 2019

प्रतिक्रिया दिनुहोस्