Logo
१५ चैत्र २०८०, बिहीबार
(December 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा फूटबल खेल्दै गरेको प्रधानमन्त्रीको प्रतिमा : चाकडीको चरम नमुना भन्दै मजाक उडाइदै

बालुवाटारमा बनाएको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिमा ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको फूटबल खेल्दै गरेको प्रतिमालाई लिएर मजाक उडन थालेको छ ।

प्रधानमन्त्री ओलीले फुटबल खेल्दै गरेको दृश्य बालुवाटारमा देख्दा हिजो धेरै खेलाडीले आफ्नो हाँसो रोक्न सकेका थिएनन्। त्यसै मध्येका केहिले समाजिक संजाल मार्फत उक्त तस्विर सार्वजनिक गर्दै त्यसको मजाक उडाइएको हो ।

ओलीको फुटबल प्रतिमा बनाउँदा आफू खेल क्षेत्रलाई माया गर्ने भनेर प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेपनि यो प्रतिमाले बालुवाटारमा प्रधानमन्त्रीको मजाक उडाइरहेको थियो। उनको प्रतिमाको बुख्याँचो बनाएर रमिता हेर्नेको लस्कर हेर्न लायक थियो।

चाकडीको चरम नमुना
प्रधानमन्त्रीलाई उनका नजिकका मान्छेले कतिधेरै गुम्राहमा राखेका छन् भन्ने कुराको ज्वलन्त उदारण हो, बालुवाटारमा राखिएको प्रधानमन्त्री केपी शर्मा ‌ओलीको फुटबल खेलिरहेको प्रतिमा।

खेलाडीहरु दैनिक खर्च टार्न नसक्दा प्रतिभालाई खुम्चाएर विदेश पलायन भइरहँदा प्रधानमन्त्री भने आफ्नो दुई तिहाइ रवाफ फुटबलको प्रतिमामार्फत देखाइरहेको भान खेलाडीले गरे।

टिम इभेन्टमा भारतसँग सनसनीपूर्ण प्रदर्शन गरेर फाइनलमा पराजित भएको भलिबल, स्वर्ण जितेको फुटबल र बाँस्केटबल टिमका खेलाडीले ‘विशेष प्याकेज’बाट कुनै राहत महसुस गरेनन्। उल्टो हिन्नताबोध महसुस गरे।

किनकि टिम इभेन्टमा रजत र काश्य विजेता खेलाडीबारे कुनै पुरस्कार घोषणा भएन। हिजो बुधवार मात्र १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरप्राइज प्याकेज’ घोषणा गरेका हुन् ।

खेलाडीको मनोवल उच्च राख्न र उत्साह भर्न खेल अघिनै यस्ता प्याकेज घोषणा गर्ने प्रचलन छ। तर प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण खेलाडीलाई सम्बोधनका लागि मञ्चमा आएका अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री ओलीले नै घोषणा गर्ने जानकारी गराए।

त्यहीँबाट प्रधानमन्त्रीको चाकडी सुरु भइसकेको थियो। अर्थात प्रधानमन्त्री आफैँ लोकप्रिय हुनका लागि निरन्तर खेलाडीलाई राज्यले गर्ने सम्मानको घोषणा पछि सारिरहेका थिए।

मन्त्रिपरिषदमा खेलकुद मन्त्रालयले प्रस्ताव लगेर पारित गर्नु पर्ने निर्णय प्रधानमन्त्री ओलीले खेलाडीलाई बालुवाटरमा बोलाएर पुरस्कारको घोषणा गरे। कार्यान्वयनका लागि अब प्रक्रिया अघि बढ्नेछ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विट गर्दे प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कारबारे स्पष्ट पारेका छन्। तर यसका लागि भने अब कार्यविधि बनेपछि मात्रै खेलाडीले पुरस्कार पाउनेछन्। खेलाडीले पुरस्कारकै लागि अब कति समय पर्खनु पर्छ त्यो भने हेर्न बाँकी छ।

सर्वाधिक धेरै दर्शकले रुचाउने टिम इभेन्टमा प्रधानमन्त्री ओलीलाई उनकै आसेपासेले गुम्राहमा राखेर खेलाडीलाई बालुवाटरबाट निरास बनाएर फर्काए।

प्रकाशित मिति: Dec 12, 2019

प्रतिक्रिया दिनुहोस्