Logo
७ बैशाख २०८१, शुक्रबार
(December 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेरबहादुर देउवा समक्ष प्रचण्डको ओलीमाथि आशंका, माधवकुमारप्रति गुनासो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकार पाएको भन्दै चर्चा चलिरहेका बेला ‘प्रचण्ड’ भने आफूभित्रै शसंकित बनेका छन् ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कार्यकारी अधिकार नदिई बाँधेर राखेको उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा गुनासो पुखेका हुन् । केही दिन अगाडि देउसँगको भेटमा उनले ओलीमाथि आशंका समेत गरे ।

कांग्रेस निकट उच्च स्रोतका अनुसार प्रचण्डले नेपाली कांग्रेससँग सम्बन्ध बिगारेर आफूले ठूलो भूल गरेको बताएका थिए । भेटमा सभापति देउवाले नेपाली कांग्रेसले व्यक्तिलाई कहिल्यै पनि महत्व नदिएको बताएका थिए ।

उनले देश र जनताका लागि नेपाली कांग्रेसले जहिले पनि साथ दिने बताएका थिए । प्रचण्डले बाहिर प्रचार गरिए जस्तो आफूलाई नेकपाको कार्यकारी अधिकार सम्पन्न अध्यक्ष नदिइएको गुनासो देउवासामु गरेका थिए ।

प्रचण्डलाई उदृत गर्दै नेपाली कांग्रेस निकट स्रोतले भन्यो, ‘मलाई कार्यकारी अधिकारसहितको नेकपाको अध्यक्ष बनाएको भनेर प्रचार गरियो । मलाई सर्तसहितको अधिकार दिइएको छ । यो अधिकारको कुनै अर्थ छैन ।’

प्रचण्डले यी कुराहरू नेपाली कांग्रेसका सभापति देउवालाई विश्वासमा लिएर कन्भिन्स गर्न खोजेको कांग्रेस नेताहरूको बुझाइ छ । नेपाली कांग्रेसका नेताहरूका अनुसार प्रचण्डले आफू भविष्यमा प्रधानमन्त्री बन्न लागेको संकेत पनि देउवालाई दिएका छन् ।

आफू प्रधानमन्त्री बनेपछि नेपाली कांग्रेसलाई पनि विश्वासमा लिएर जाने प्रचण्डले देउवासमक्ष प्रस्ताव राखेका थिए । देउवाले प्रचण्डलाई स्पष्ट जवाफ नदिएपनि धोकाको राजनीति गर्न नहुनेमा सचेत भने गराएका थिए ।

स्रोतका अनुसार प्रचण्डले निकट भविष्यमा हुने राजनीतिक उथलपुथलमा आफूलाई नेपाली कांग्रेसको साथ चाहिने प्रस्ताव पनि देउवासँग गरेका छन् ।

प्रचण्डले देउवासँग सिधै साथ दिन नभने पनि भविष्यमा हुने राजनीतिक परिवर्तन र आफू प्रधानमन्त्री भएमा कांग्रेसको धारणा एवम् साथ र समर्थन के हुन्छ भन्ने नै थियो ।

त्यसो त प्रचण्डलाई साइजमा राख्न ओलीले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई सरकारमा अगाडि बढाएका छन् । क्याबिनेटमा पोखरेलाई सर्वेसर्वा बनाएका छन् ।

पार्टीमा वामदेव गौतमलाई अगाडि बढाएर ओलीले प्रचण्डलाई साइजमा राख्न खोजेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाललाई थर्काएर ओलीले पूर्वएमालेभित्रै राखेका छन् ।

तर, नेकपा स्रोतका अनुसार नेता नेपालले प्रचण्डलाई कुनै पनि हालतमा साथ दिने छैनन् । केन्द्रीय सचिवालयमा प्रचण्डलाई नारायणकाजी श्रेष्ठको मात्रै साथ रहनेछ ।

माओवादी पृष्ठभूमि भएका रामबहादुर थापाले पनि प्रचण्डलाई साथ छाडेका छन् । थापालाई गृहमन्त्रीबाट हटाउन प्रचण्डले षड्यन्त्र गरेपछि उनीहरूबीचको सम्बन्ध बिग्रिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाबाट प्रचण्ड पीडित बन्न थालेका छन् । थापा बालुवाटारभित्रिएपछि उट्पट्याङ स्टाटसहरू सामाजिक सञ्जालमा लेख्न छाडेका छैनन् ।

थापाले सोमबार प्रचण्डलाई होच्याउने गरेर स्टाटस लेखेपछि पूर्वएमाले र पूर्वमाओवादीका बीच विवाद उत्पन्न भएको छ । सामाजिक सञ्जालमा दुई समूहबीच वार परेको छ ।

प्रकाशित मिति: Dec 12, 2019

प्रतिक्रिया दिनुहोस्