Logo
१३ बैशाख २०८१, बिहीबार
(December 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा विश्व ‘छैठौं अन्तर्राष्ट्रिय माउन्टेन दिवस’

काठमाडौँ : पर्वतीय पर्यटनको जानकारी गराउने उद्देश्य सहित नेपालमा ‘छैठौं अन्तर्रा्ष्ट्रिय माउन्टेन दिवस’ मनाइएको छ । नेपाल पर्वत आरोहण संघको आयोजनामा बुधबार काठमाडौंको वसन्तपुरदेखि ठमेल, केसरमहल हुँदै जयनेपाल स्थित संघको कार्यालयसम्म ¥याली निकाली ‘छैठौं अन्तर्रा्ष्ट्रिय माउन्टेन दिवस’ मनाइएको हो ।

संघका अध्यक्ष शन्तवीर लामाले नेपाल हिमाल, पहाड र तराईको देश भएकाले पर्वतीय पर्यटनको सम्भावना र त्यस सम्बन्धी जानकारी गराउन पनि विश्व पर्वत दिवसको अवसरमा प्रभातफेरी निकालिएको बताए । उनले हिमालदेखि तराईसम्म एक हौं र हाम्रो संस्कृति हाम्रो हिमाल भन्ने चिनाउनका लागि पनि ¥याली महत्वपूर्ण हुने बताए ।

नेपालमा कुल भू-भागको ४३ प्रतिशत पर्व्तिय क्षेत्र छ र त्यस मध्ये १५ प्रतिशत भू-भाग हिमाली क्षेत्र छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ पग्लिदा हिमालहरुको अस्तित्व खतरामा परेको आरोहीहरु बताउँछन् । त्यस्तै सरकारले पर्वतारोहीहरुको उचित अनुगमन गर्न नसक्दा हिमालहरु फोहोर बन्दै गएको र पर्यावणीय प्रदुषण बढ्दै गएको वातावरणविद्हरु बताउँछन् ।

प्रकाशित मिति: Dec 11, 2019

प्रतिक्रिया दिनुहोस्