Logo
१९ कार्तिक २०८१, सोमबार
(December 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीलाई भारतको एम्स लगिने तयारी 

१० दिनको उपचारपछि सरकारी निवास बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज भएको छैटौँ दिन पुनः मनमोहन लगिएको छ । प्रधानमन्त्री ओलीलाई इन्फेक्सनको आशंका गरिएको चिकित्सकहरूले बताएका छन्।

उनलाई इन्फेक्सनको आशंका गरिएपछि सलाइन र इन्टिबायोटिक चलाइएको छ। प्रधानमन्त्री ओलीको नियमित गरिँदै आएको मिर्गौलाको डायलासिस गरिँदै छ। यो उनको ९ पटकको डायलासिस हो।

प्रधानमन्त्री ओलीलाई मंगलबार साँझ फलोअप र मिर्गौलाको डायलासिसका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो।

उनी डायलासिस सकिएपछि आजै सरकारी निवास वालुवाटार फर्किने भएका छन्।

भारत लगिने तयारी

यसैबीच मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत स्थित एम्स असपताल लैजाने तयारी थालिएको छ । एपेण्डिसाईटिसको शल्यक्रियापछि उनको पेटको घाउ पूर्ण रुपमा निको भएपछि मिर्गौला प्रत्यारोपणका लागि उनी भारत लगिने श्रोतको दावी छ ।

त्यसका लागि कुटनैतिक स्तरमा नेपाल सरकारको तर्फबाट पहल समेत थालिसकिएको श्रोतको भनाई रहेको छ । यद्यपी प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्री कार्यालयले भने यसबारे औपचारिक पुष्टि भने गरेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ओलीको उपचार भारतमै गर्नुपर्ने यसअघि नै आशय बयक्त गरिसकेका छन् । उनले उपचाररत ओलीलाई स्वास्थलाभको कामना गर्दै आवस्यक परे भारत थप उपचारका लागि आग्रह गरेका थिए ।

भारतमा उपचार गराउन सहज हुने, आवत-जावत गर्न सहज हुने, समयको बचत हुने लगायत भारत बसाईका बेला राजनीतिक तथा कुटनैतिक समेत छलफल गर्ने योजनामा प्रधानमन्त्री ओली रहेको श्रोतको दावी रहेको छ ।

एपेण्डिसाईटिसको शल्यक्रिया भएपछि उनी अस्पताल र चिकित्सकको निगरानीमा आराम गरिरहेका छन् ।

एपेण्डिसाईटिसको शल्यक्रियापछि उनको पेटको घाउ भने अझै पूर्ण रुपमा निको भएको छैन् । अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्रीले हिजो साँझ मन्त्रिपरिषद बैठक राखेका थिए । उनलाई आज मंगलबार पनि अस्पताल लगिएको छ ।

त्यसभन्दा अघि उनी सार्वजनिक कार्यक्रम र बाक्लो भेटवार्तामा सहभागी भएका छैनन् । प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले पनि प्रधानमन्त्रीको शल्यक्रिया गरेको ठाउँको घाउ निको हुन केही समय लाग्ने बताएकी थिईन् ।

१२ वर्षअघि उनको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो । अहिलेपनि उनको मिर्गौलाको पूनः प्रत्यारोपण गरिने तयारी भएको छ ।

अमेरिकामा प्रत्यारोपण गर्दा नियमित फलो-अप गर्नुपर्ने आदिका लागि समयको समस्या हुने, महिनौंसम्म विदेशमा बस्नुपर्ने बाध्यता भएकोले प्रधानमन्त्रीले सके स्वदेशमै वा भारतमा प्रत्यारोण गर्न चाहेका छन् ।

उनको उपचारमा संलग्न चिकित्सकहरुले पनि सके नेपालमै वा भारतमा प्रत्यारोपण गर्न सल्लाह र सुझाव दिएका छन् ।

प्रकाशित मिति: Dec 10, 2019

प्रतिक्रिया दिनुहोस्