घाउ निको भएपछि मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली भारत जाने
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली भारत स्थित एम्स असपताल जाने भएका छन् । एपेण्डिसाईटिसको शल्यक्रियापछि उनको पेटको घाउ पूर्ण रुपमा निको भएपछि मिर्गौला प्रत्यारोपणका लागि उनी भारत जाने श्रोतको दावी छ ।
त्यसा लागि कुटनैतिक स्तरमा नेपाल सरकारको तर्फबाट पहल समेत थालिसकिएको श्रोतको भनाई रहेको छ । यद्यपी प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्री कार्यालयले भने त्यसको औपचारिक पुष्टि भने गरेको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ओलीको उपचार भारतमै गर्नुपर्ने यसअघि नै आशय बयक्त गरिसकेका छन् । ‘अमेरिकामा त्यति कियर नहुने की ?’ भन्ने आशंका प्रधानमन्त्री ओली सचिवालयको रहेको छ ।
भारत बसाईका बेला राजनीतिक तथा कुटनैतिक समेत छलफल गर्ने योजनामा प्रधानमन्त्री ओली रहेको श्रोतको दावी रहेको छ । एपेण्डिसाईटिसको शल्यक्रिया भएपछि उनी यतिवेला आराम गरिरहेका छन् ।
एपेण्डिसाईटिसको शल्यक्रियापछि उनको पेटको घाउ भने अझै पूर्ण रुपमा निको भएको छैन् । अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्रीले हिजो साँझ मन्त्रिपरिषद बैठक राखेका थिए ।
त्यसभन्दा अघि उनी सार्वजनिक कार्यक्रम र बाक्लो भेटवार्तामा सहभागी भएका छैनन् । प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले पनि प्रधानमन्त्रीको शल्यक्रिया गरेको ठाउँको घाउ निको हुन केही समय लाग्ने बताएकी थिईन् ।
प्रधानमन्त्रीको स्वास्थ्य अहिले तिव्र रुपमा सुध्रिएको छ । नियमित काममा सक्रिय रुपमा सहभागी हुन भने उनलाई अझै केही समय लाग्ने बुझिएको छ ।
पछिल्लो समय ओली मिर्गौलाको हेमोडायलासिस गराईरहेका छन् । १२ वर्षअघि उनको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो । अहिलेपनि उनको मिर्गौलाको पूनः प्रत्यारोपण गरिने तयारी भएको छ ।
अमेरिकामा प्रत्यारोपण गर्दा नियमित फलो-अप गर्नुपर्ने आदिका लागि समयको समस्या हुने, महिनौंसम्म विदेशमा बस्नुपर्ने बाध्यता भएकोले प्रधानमन्त्रीले सके स्वदेशमै वा भारतमा प्रत्यारोण गर्न चाहेका छन् ।
उनको उपचारमा संलग्न चिकित्सकहरुले पनि सके नेपालमै वा भारतमा प्रत्यारोपण गर्न सल्लाह र सुझाव दिएका छन् । देशको पछिल्लो परिस्थिति जटिल रहेकोले ओलीले नेपालमै प्रत्यारोपण गराउन चाहेका छन् ।