Logo
७ माघ २०८१, सोमबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लागू पदार्थ बनाउने रसायन न्युजील्याण्डतर्फ लैजान लागेका चिनियाँ नागरिक चाओ काठमाडौंबाट पक्राउ

नेपालबाट लागू पदार्थ बनाउने रसायन न्युजील्याण्डतर्फ लैजान लागेका चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । ४ किलो २ सय ग्राम इफेड्रिनसहित चिनियाँ नागरिक झाङ चाओलाई पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका १६ बाट उनलाय पक्राउ गरेको हो ।चीनको सिचुवानका चाओ १५ नोभेम्बरमा पहिलो पटक काठमाडौं आएका थिए । उनले आफैले प्याकेजिङ गरेर न्युजील्याण्ड पठाउन खोजेको प्रहरीसमक्ष बताएका छन् ।

चिनिया नागरिकबाट बरामद इफेड्रिनको चीनमा नेपाली मूल्य २ लाख २५ हजार रुपैयाँ र न्युजील्याण्ड पठाउँदा ५० लाख रुपैयाँ बराबरको हुन आउने प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति: Dec 8, 2019

प्रतिक्रिया दिनुहोस्