Logo
३ माघ २०८१, बिहीबार
(December 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रृजना सामुदायिक वन उपभोक्ता समूहले मनायो नवौं वार्षिक साधारण सभा

शिव भट्टराई,प्रदेश एक स्थित मोरङको सुन्दर हरैचा वार्ड नं ७ मा रहेको श्रृजना सामुदायिक वन उपभोक्ता समूहले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दर हरैचा वार्ड नं ७ का वार्ड अध्यक्ष चैतन्य प्रसाद सिटौलाले सामुदायिक वनहरुले ल्याएको कार्ययोजनाहरु लाई जनप्रतिनिधिले नगरपालिका सँग समन्वय गरेर कार्यक्रम सफल पार्न निरन्तर रूपमा साथ सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए।कार्यक्रममा सञ्चालक समितिका सदस्य मोहन खरेलले स्वागत मन्तव्य दिएका थिए।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भक्ति प्रसाद सिटौलाको सभा अध्यक्षता रहेको थियो भने विशिष्ठ अतिथिमा सव डिभिजन कार्यालय सलकपुरका प्रमुख लाल बा माझी , अतिथिहरुमा सुन्दरपुर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रबिन्द्र आचार्य, वार्ड नं ७ का वार्ड सदस्य भुवन सिंह आले मगर , महिला सदस्य मिना ओझा लगायतको उपस्थिति रहेको थियो।सो कार्यक्रम भने समूहकी सचिव भगवती पराजुलीले सञ्चालन गरेकी थिइन्।

प्रकाशित मिति: Dec 7, 2019

प्रतिक्रिया दिनुहोस्