Logo
१२ बैशाख २०८१, बुधबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको निक्षेप १ करोड २९ लाख बढी

जनप्रियको निक्षेप १ करोड २९ लाख बढी
प्रदेश एक स्थित सुनसरीको दुहबी १० सिमरीयामा रहेको श्री जनप्रिय बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं साधारणसभा समपन्न भएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष अर्जुन कुमार बहरदारले २०७५/०७६ को संस्थाको वार्षिक कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको निक्षेप १ करोड २९ लाख बढी भएको जसमा १२ लाख बढी मुनाफा भएको जानकारी दिएका छन ।

संस्थाको सुपरिवेक्षण समितिका संयोजक रामकुमार चौधरीले २०७६÷०७७ को प्रस्तावित बजेट तथा लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । शनिवार समपन्न भएको साधारणसभाको अवसरमा ६ जनालाइ सम्मान गरिएको थियो ।

११६१ शेयर सदस्य रहेको संस्थामा उत्कृष्ट बचतकर्तामा हरी प्रसाद खड्गी, उत्कृष्ट ऋणि रंजित चौधरी, उत्कृष्ट महिला समुह, उत्कृष्ट कर्मचारी राधा बिश्वासलाइ सम्मान पत्र सहित बिशिष्ठ अतिथि श्री जनकल्याण साकोसका अध्यक्ष मिलिराम चौधरीले सम्मान गरेका थिए ।

साथै ज्येष्ठ नागरिक रक्सु माझी, घुरनीदेवी तब्दारलाइ कार्यक्रमका प्रमुख अतिथि दुहबी १० का वडाध्यक्ष लधुराम माझीले सम्मानपत्र सहित खादा ओढाएर सम्मान गरेका थिए ।

प्रकाशित मिति: Dec 7, 2019

प्रतिक्रिया दिनुहोस्