Logo
१३ बैशाख २०८१, बिहीबार
(December 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङ जिल्ला स्तरीय अन्तरस्कुल बादबिवाद प्रतियोगिता सम्पन्न

प्रदेश एकको मोरङ स्थित बुढिगंगामा रहेको स्मृति इङलिस बोर्डिङ्ग स्कुलमा शुक्रवार मोरङ जिल्ला स्तरीय अन्तर स्कुल बादबिवाद प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा २२ वटा विद्यालयको सहभागी रहेको थियो। पक्ष र विपक्ष गरि दुबै तर्फका प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यार्थीहरुलाई पुरस्कार साथै प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । पक्षको तर्फबाट श्री पोखरिया उच्च मा. वि कि कक्षा ९ कि क्षात्रा रोनिस्मा पोखरेल र विपक्षको तर्फबाट श्री कर्मविर मा. वि का कक्षा ९ का क्षात्र डिप्लव माझी प्रथम भएका थिए। त्यसैगरी द्वितीय स्थान पक्ष वाट वि.के.भि.म स्कुल कि कक्षा ८ कि क्षात्रा दिलासा लिम्बु र ए 1 क्वालिटी कि कक्षा ८ कि क्षात्रा सस्कृती कर्ण भएकी छिन साथै विपक्ष वाट द्वितीय स्थान हासिल गर्न सफल एजेलिया स्कुलका का कक्षा १० को क्षात्र रोचक घिमिरे भएका छन। तृतिय स्थान पक्षको तर्फवाट होलिल्यन्ड स्कुल कि कक्षा १० कि क्षात्रा स्वेता रोय र विपक्षको तर्फबाट मोरङ्ग पब्लिक स्कुल कि क्षात्रा प्रमिका हिङमाङ्ग भएकी छिन् । सान्त्वना पुरस्कार विपक्षको तर्फबाट प्याराग्न एकेडेमी वाट कक्षा ८ को क्षात्र प्रवेश दहाल भएका छ्न। प्रथम पुरस्कार रु. १२५००-१२५००, द्वितीय पुरस्कार रु. ८५००-८५००, तृतीय पुरस्कार रु. ५५००-५५०० र सान्त्वना पुरस्कार रु. ३५००-३५०० प्रदान गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथि यस बुढिगंगा गाउँपालिका अध्यक्ष वालचन्द्र माझि रहनु भएको थियोे । यस मोरङ जिल्ला स्तरीय अन्तर स्कुल बादबिवाद प्रतियोगिताको कार्यक्रम संयोजक देवराज खतिवडा रहेका थिए । कार्यक्रमको संचालन कक्षा १० को छात्रा ज्योतिका गौतम र कक्षा १० कै छात्र शुसान्त भन्डारीवाट भएको थियोे । यस मोरङ जिल्ला स्तरीय अन्तर स्कुल बादबिवाद प्रतियोगिता हरेक वर्ष माघ ९ गतेका दिन यस स्मृति इङलिस बोर्डिङ्ग स्कुलमा संचालन गरिने बताइएको छ ।

प्रकाशित मिति: Dec 6, 2019

प्रतिक्रिया दिनुहोस्