Logo
८ बैशाख २०८१, शनिबार
(December 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कहिँ धनुकाण खेलको ¥यान्किङ राउन्ड, त कहिँ नदी वारपार गर्न कष्टकर (हेर्नुस् थरी-थरी तस्विर)

शुक्रवार थरी-थरीका तस्विरहरु सार्वजनिक भएका छन् । नेपालमा भइरहेको १३औँ दक्षिण एशियाली खेलकुद अन्तर्गत पोखरा रंगशालामा शुक्रबारबाट शुरु भएको आर्चरी (धनुकाण) खेलको ¥यान्किङ राउन्डमा सहभागी चार देशका खेलाडीको तस्विर देखि डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं १ बाफीका स्थानीय टयुबको सहारामा सेती नदी तर्दै ।

नजीकै पुल नहुँदा स्थानीयलाई सेती नदी वारपार गर्न कष्टकर भएको मनमोहक तस्वीर पनि सार्वजनिक भएको छ ।

हेर्नुस् फोटो फिचर : 

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको स्याउ खेती । स्याउ खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि यहाँका कृषक स्याउ खेतीमा आकर्षित भएका छन । तस्वीर : कमल खत्री
तनहुँको भिमाद नगपालिका–९ पाथर्दीस्थित ब्रदर एग्रिकल्चर फार्ममा पालिएको बाख्रा । ५३ घरधुरी रहेको पाथर्दीमा सबैले बाख्रापालन व्यवसाय अङगालेका छन । तस्वीर : कृष्ण न्यौपाने
पाल्पाको रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने अगुवा कृषक गोविन्दप्रसाद्र दुवाडीले लगाउनुभएको काउली बन्दाका विरुवा । तस्वीर : सुशीला रेग्मी
नेपाल टेलिकमका प्राविधिक कर्मचारी रारातालमा जडान गर्दै फोरजी टावर । तस्वीर : विजय रावत
नेपालमा भइरहेको १३औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरा रंगशालामा शुक्रबारबाट शुरु भएको आर्चरी (धनुकाण) खेलको ¥यान्किङ राउन्डमा सहभागी चार देशका खेलाडी । तस्वीर : जमुना वर्षा शर्मा
काठमा कोरिएको गौँथलीको कथामा आधारित चित्रबारे जानकारी गराउँदै चित्रकार भीमप्रसाद शर्मा । मानिस र गौँथलीको सम्बन्धलाई देखाउँदै संरक्षणसम्बन्धी शिक्षा दिन शर्माले काठमाडौँको नेपाल आर्ट काउन्सीलमा मङसिर २२ देखि चित्रकला प्रदर्शनी गर्दै हुनुहुन्छ । तस्वीर : टेकराज पोखरेल
नेपाल सरकारको लगानीमा निर्माणाधिन मोहना-अत्तरिया छ लेन सडकअन्तर्गत धनगढीको बोराडाँडीमा कालोपत्र गर्दै कामदार । तस्वीर: मीन ठकुरी
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत लमहीमा हिउँदे मकै खेतीको क्षेत्र विस्तार गरिदै । पछिल्लो समय देउखुरी क्षेत्रमा मकै खेती विस्तार गर्ने क्रम बढेको छ । तस्वीर: दीपक बोहरा
जङगली जीवन बिताउँदै आएका राउटेहरु शुक्रबार काठका सामान बेच्न दाङको भालुवाङमा आइपुगेका थिए । सुर्खेतबाट प्युठान जान भनि हिंडेका राउटेहरु भालुवाङमा झरेर काठका सामान बिक्री गर्दै छन । तस्वीर : रीता लामा
कावासोती,मध्यविन्दु नगरपालिकाका वडा नं ४र ५ का महिला गलैचा बुन्ने तालीममा सहभागी । हरियाली सामुदायिक वनद्वारा महिलाको सीप विकासका लागि तालीम सञ्चालन गरिएको हो । तस्वीर : दयराम आचार्य
नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुरमा रहेको कृषि सेवा केन्द्रको भवन । सेवा केन्द्र बन्द भएपछि हाल उक्त भवन बनेको छ । तस्वीर ः काशीराम शर्मा, बाँके, रासस
नेपालगन्ज उपमहानगरपालिका–२०, गायत्रीनगरमा रहेको आदर्श माध्यमिक विद्यालयको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाइँदै ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं १ बाफीका स्थानीय टयुबको सहारामा सेती नदी तर्दै । नजीकै पुल नहुँदा स्थानीयलाई सेती नदी वारपार गर्न कष्टकर भएको छ । तस्वीर : विमलबहादुर विष्ट/रासस

प्रकाशित मिति: Dec 6, 2019

प्रतिक्रिया दिनुहोस्