Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ ग्याष्ट्रिकको समस्यालाई केही दिनमै चैट पार्ने उपचार विधि

स्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धानले देखाएअनुसार ग्याष्ट्रिकका रोगीहरुलाई हप्तामा कम्तीमा दुई पटक रातीको समयमा निकै पीडा हुन्छ र यो समस्याले अर्को दिनसम्म पिरोल्छ।

अहिलेको जीवनशैली, रातिसम्म काम गर्नु, ढिलो सुत्नु, चिल्लो र मदिराजन्य पदार्थ धुम्रपान लगायतले एसिडिटीको समस्या बढाउँछन्। यसलाई बेवास्ता गरिएमा अल्सर र क्यान्सरजस्ता समस्या आउन सक्छन्। एसिडिटिबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ।

१) चिसो दुध पिउनुहोस्। यसले एसिडिटी घटाउँछ।

२) लेट नाइट पार्टी, अल्कोहल र ड्रिकबाट टाडै रहनुस्।
३) सुत्नुभन्दा पहिलो कोल्ड ड्रिंक, चकलेट, कफी नलिनुहोस्।
४) साँझको खानामा टमाटर, भिनेगर, अमिला फलफूल नखानुहोस्।
५) हेभी र मसालेदार दाना साँझमा नखानुहोस्।
६) साँझको खाना सुत्नुभन्दा ३-४ भण्टा पहिल्यै खानुहोस्।
७) केरा खानुहोस् । यसमा प्राकृतिक एन्टिएसिड हुन्छ।
८) साँझको खाना हल्का खानुहोस् । यसले पाचन प्रक्रिया सहज हुन्छ।
९) खानापछि सोंफ वा ल्याङ सुकुमेल खानुहोस्।
१०) दायाँ कोल्टो फर्केर नसुत्सुस् । यसले पेटमा डाइजेस्टिभ एसिड धेरै उत्पादन गर्छ।

प्रकाशित मिति: Dec 6, 2019

प्रतिक्रिया दिनुहोस्