Logo
८ बैशाख २०८१, शनिबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रमण वर्ष २०२० सफल पार्न ३१ देशका राजदुत र ५ वटा वैदेशिक साझेदार संस्थाको प्रतिवद्धता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखलाई आग्रह गरेका छन्।

मन्त्री भट्टराईले राजद्रत र वैदशिक साझेदार संस्थाप्रमुखलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर भ्रमण वर्ष सफल पार्न अपिल गरेका हुन्।

भ्रमण वर्ष-२०२० सफल पार्नमा नेपालस्थित राजदूतहरुको महत्वपूर्ण हुने उल्लेख गर्दै भट्टराईले भने, ‘नेपाल भ्रमण वर्ष-२०२० को विषयमा यहाँहरुका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरुको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु ।

मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष-२०१९ र क्रिसमस नेपालमै मनाउनुहोस्। यो सन्देश तपाँईको देशको नागरिकसम्म पनि प्रवाह गरीदिनुहोस्।’

मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटन मन्त्रीहरुलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थीतिको लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिँदै पर्यटनमन्त्रीहरुलाई उपस्थित गराइदिनका लागि पहलकदमीका अनुरोध गरे।

‘महाभुकम्पको पीडाबाट उठ्न गर्नु भएको सहयोगप्रति फेरि एक पटक आभार प्रकट गर्दछौं । अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँहरुको उस्तै सहयोग र साथको अपेक्षा गरेका छौं, भट्टराईले भने।

मन्त्री भट्टराईले महाभुकम्पबाट भत्किएका भएको नेपालका ८९१ सम्पदा मध्ये ३८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी दिए।

बाँकी दुई वर्षमा भत्किएका सबै सम्पदाहरुको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको भन्दै साथ र सहयोगको आह्रवान गरे। मन्त्री भट्टराईले अहिले पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको जानकारी दिनु हुदै १५ औं पञ्चबर्षिय योजना सम्पन्न हुदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेका जानकारी गराए।

उनले विदेशी पर्यटकहरुले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरीरहेको उल्लेख गर्नु हुदै अब ८० डलर खर्च गराउने र बार्षिक ३५ लाख पर्यटक नेपालमा भित्राउने लक्ष्य राखिएको जानकारी दिए।

आगामी २०२० मा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिए। त्यस्तै निजगढ अन्तराष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको भन्दै लगानीको आवश्यक मोडलको बिषयमा लगानी बोर्डले काम गरिरहेको उल्लेख गरे।

कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राजदूतहरुलाई स्वागत गर्दैै विश्वभरी भ्रमण वर्ष–२०२०को प्रबद्र्धनका लागि अनुरोध गरे। नेपाल भ्रमण वर्ष–२०२०का संयोजक सुरज वैद्यले नेपालको पर्यकीय स्थलहरुको जानकारी, पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको तयारीको बारमो जानकारी दिए।

सहयोगका लागि तयार छौं : राजदूतहरु
कार्यक्रममा सहभागी राजदुतहरुले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटनहरुमा चीन दोस्रो रहेको बताउँदै भ्रमण वर्ष सफल बनाउनका लागि सहयोग र साथको प्रतिबद्धता जनाइन्।

नेपालका लागि अमेरिकी राजदुत ¥याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामाग्री उपलब्ध गराए ती सामाग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

त्यस्तै, अष्ट्रेलियाका राजदुत पिटर ग्रेम बाड, जर्मनीका राजदुत रोलाण्ड साफर, जापानका राजदुत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवसीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडी लगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाऊँबाट सक्दो सहयोग गर्ने बताए।

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्