Logo
८ माघ २०८१, मंगलबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधुमेह मुक्त समाजकालागि ब्यस्त शहर काठमाण्डौमा निःशुल्क परामर्श केन्द्रको स्थापना

काठमाण्डौं : ब्यस्त र मतलवी शहरको रुपमा मानिएको राजधानी काठमाण्डौंमा एउटा परोपकारी संस्थाले मधुमेह मुक्त समाज अभियानको परिकल्पना सहित निःशुल्क परामर्श सेवा थालेको छ ।

महराजगंज स्थित नेपाल मधुमेह निवारण परामर्श सेवा नामक एक संस्थाले उक्त अभियानको सुरुवात गरेको हो ।

उक्त संस्थाका प्रमुख सुरेश महतोका अनुसार विशुद्ध सेवा भावले उक्त कार्यको थालनी गरिएको हो ।

विश्वका बिभिन्न देशमा रहेका बिभिन्न प्रवासी नेपालीहरु तथा बिभिन्न ब्यवसायीक कम्पनीहरुको आर्थिक सहयोगमा उक्त अभियानको थालनी गरिएको हो ।

‘पैसा त हामि आ-आफ्ना पेशा गरेर मज्जाले कमाइरहेका छौं तर ब्यस्त समयलाई म्यानेज गरेर यसरी समाजिक सेवा भावको कार्य गर्दा मनमा आनन्द भने अर्कै आउने गरेको छ’ महतोले भने-‘मधुमेह एउटा बिकराल समस्या हो तर यसलाई सामान्य त्वरबाट कन्ट्रोल पनि राख्न सकिन्छ यद्यपी यहाँ परामर्श सम्मका लागि पनि निकै समस्या देखिने गरिएका छन् । तर्सथ हामि यस कार्यमा लागेका हौं’ ।

महराजगंज स्थित टिचिङ्ग अस्पताल रोडको छेउमा रहेको उक्त परामार्श सेवा केन्द्रमा भिडभाड पनि निकै देखिएको हुन्छ । बुधवार बाहेक हप्ताभरी संचालनमा रहेको उक्त परामार्श सेवा केन्द्रमा सेवा लिएकाहरुले पनि स्वेक्षाले सहयोग गर्दै आएका छन् ।

प्रायः शनिवार त्यहाँ बिरामहिरुको बढी चाप देखिएको हुन्छ भने ३० देखि ७० वर्ष उमेरका बिरामीहरु आउने गरेको मधुमेह सम्बन्धी बरिष्ठ चिकित्सक डा. श्यामबाबु यादव बताँउछन् ।

परामर्स केन्द्रमा एकजान बिएस्सी नर्सिङ्ग छन् जस्को काम बिरामीको नाम टिर्पोट गर्नेदेखि लम्बाई मोटाई तथा तौलसम्मको विवरण बिरामी पुर्जामा उल्लेख गर्नु हो ।

प्रविधिको सहयोगमा उनले तत्कालै रगतको मात्रा लिएर बिरामीमा रहेको मधुमेहबारेको अवस्थाबारे विवरण समेत उल्लेख गर्नेगरेकी छन् भने निकै हसिलो मुद्रामा बिरामीलाई परामर्श पनि दिनेगरिकी देखिन्छन् ।

यो कार्यमा उनलाई परामार्श केन्द्रकी मेनेजर मालती सिन्हाले पनि सघाउछिन् बिरामीलाई भिडियो देखाउनु र मधुमेहबारे थप जानकारी दिने कार्यको जिममेवारी सिन्हाले लिएकी छन् । सिन्हा भन्छिन् ‘शनिवार दिनभरी नै समय दिन्छु तर अन्य दिन आवशक्ता अनुसार मात्र समय दिन्छु ।’

संस्थाका प्रमुख सुरेश महतो

नेपाल कम्युनिटी हेल्थ एण्ड डेवलपमेण्ट सेन्टर NCHDC को प्राविधिक सहयोगमा संचालन भइरहेको उक्त परामार्श सेवा केन्द्रमा मधुमेह छ/छैन भनी तत्कालै जाँच गरि भिडियो तथा अन्य प्रविधिद्वार मधुमेहलाई नियन्त्रणमा कसरी राख्ने वा निर्मुल कसरी पार्ने सम्मको परामर्शहरु निःशुल्क दिने गरिएको छ ।

४/५ वटा कोठा रहेको एउटा फ्लाइटमा रहेको उक्त परामर्श सेवा केन्द्रको प्रत्येक भित्तामा मधुमेह सम्बन्धी बिभिन्न जानकारी मुलक पोष्टरहरु लगाइएको छ ।

‘मानव सेवा नै सर्वोत्तम सेवा हो, मधुमेह मुक्त समाज हाम्रो अभियान’ भन्दै -‘अब मधुमेहको निवारणको लागि चिन्तित नहुनुहोस् , मधुमेहको बारेमा निःशुल्क सल्लाह तथा सुझाव दिलाउन हामी सधैँ प्रतिबद्ध छौँ । यती मात्रै होईन , हामी निःशुल्क रुपमा मासिक एक चोटी डाक्टरको सल्लाह तथा सुझाव दिलाउनुका साथै मधुमेहको बारेमा सम्पूर्ण जानकारी तथा सुझाव पाउनको लागि हामीलाई सम्पर्क गर्नुहोस् ।’ भन्ने खालका ब्यानरहरु लगाइएका छन् ।

एउटा बिरामीलाई मधुमेह सम्बन्धी परामर्स दिदै बरिष्ठ चिकित्सक डा. श्यामबाबु यादव

संचालक महतोका अनुसार उक्त सेवा केन्द्रले निरन्तर मधुमेह पिडितलाई सेवा दिनुका साथै थुप्रै जनचेतनामुलक कार्यक्रमहरु समेत आयोजना गर्दै आएको छ ।

‘हाम्रो चाहना मधुमेह मुक्त समाजको निर्माण हो ।’ महतो भन्छन् -‘मधुमेह भएकालाई निको पार्न सहयोग गर्न लगायत मधुमेह सम्बन्धी जनचेतना जगाउन हामी तत्पर छौ। समाजको मधुमेह नियन्त्रणको निमित्त विभिन्न ठोस् कदम उठाउनुपर्ने आवश्यकता भईसकेको छ तसर्थ हामि यस्तो प्रयास थालेका छौ।’

उक्त परामार्श केन्द्रमा सेवा लिएकाहरुको पनि प्रतिकृया निकै साकारातमक देखिन्छ । एक जना बिरामीले भने -‘उहाँहरुको सेवा मात्र उहाँहरुको हो जस्तो लागेन त्यो हामि/तपाई सबैको हो जस्तो महसूस भइरहेको छ ।

‘हामिले सेवा लियौं, असाध्यै फायदाजनक पायौं’ एक जना बिरामीले भने -‘हामिले अरुलाई पनि भन्यौं यसैगरी यहाँ बिरामीको चाप बढुदै गएको छ, त्यस वापत उहाँहरुले कुनै शुल्क भने मागेका छैनन ।’

भिडियो मार्फत बिरामीलाई मधुमेहबारे जनकारी गराइदै

परामार्श सेवा केन्द्रबारे उक्त संस्थाको वेबसाइटमा लेखिएको जानकारी :

परामर्श सेवामा दिइने पर्चा :

“नेपाल मधुमेह निवारण परामर्श सेवा” नामको स्थापित संस्था “मानव सेवा नै सर्वोत्तम सेवा हो” भन्ने भावनाले संचालन गरिएको मधुमेह विरामीलाई उपचारार्थ सेवा दिने संस्था हो ।

यस संस्थाले मधुमेह विरामीलाई दिने सम्पूर्ण सेवाहरु नेपालमा नै पहिलो पटक उपलब्ध गराइएको भन्ने ठम्याई छ ।

यस संस्थाले बरिष्ठ चिकित्सकहरु द्वारा विरामी जाँच गराउनुको साथै अन्तर्राष्ट्रिय प्रचलनमा आएका मधुमेह नियन्त्रनका महत्वपूर्ण उपायहरुलाई समेटिएर तयार पारिएको विभिन्न बुकलेटहरु उपलब्ध गरउने, स्वास्थ्य सम्बन्धी विभिन्न मासिक पत्रिकाहरु, प्रत्येक महिना Blood Sugar Test, आयुर्वेदिक औषधिको प्याकेट-१ उपलब्ध गराउने तथा प्रत्येक हप्ता SMS र PHONE मार्फत परामर्श सेवा आदी जस्ता सुविधाहरु बिरामीलाई १००% मधुमेह (डायबिटिज ) निको नभएसम्म नि:शुल्क सेवा उपलब्ध गराउदै आएको छ ।

असन्तुलित खानपान तथा विलासी जीवनका कारण नेपालमा मधुमेह रोगीको संख्या दिनहुँ बढ्दै गएको छ ।

नेपालमा १०.५ प्रतिशत पुरुष र ७.९ प्रतिशत महिलामा डायविटिज रहेको तथ्यांक छ । नेपालको शहरी छेत्रमा यसको समस्या बढी छ । डायबिटिज नेपालले गरेको अनुसन्धानका अनुसार शहरी क्षेत्रमा ५ घर मध्ये एक घरमा मधुमेहका रोगी छन् ।

विश्व स्वास्थ संगठनले यसलाई नयाँ महामारी भनेको छ । संगठनले २०१६ मा प्रकाशित गरेको तथ्यांक अनुसार सन् २०१४ सम्ममा विश्वभर व्यस्क उमेर समुहका ४२ करोड मानिस डायविटिजबाट पिडित थिए ।

सन्, २०१६ मा १६ लाख मानिस को मृत्यु मधुमेहकै कारण भएको थियो । यो विश्वभर हुने मृत्युमा सातौ प्रमुख कारण बनेको छ ।

यस संस्थाको बरिष्ठ डा. श्याम वावु यादवका अनुसार मधुमेह का विरामी बर्षेनी थपिदै गएका छन्, उनका अनुसार हाल विश्वमा ४५ करोड मधुमेहका विरामी रहेको तथ्यांक छ।

ती मध्ये १० प्रतिशत उच्च जोखिमका छन्। विश्वका मधुमेह रोगी मध्ये २० प्रतिशत भारत र चीनका छन्। यी दुई देशको बीचमा नेपाल छ ।

एउटै रहन शहन र खानपानका कारण नेपाल पनि मधुमेहको उच्च जोखिममा छ ।

विकासोन्मुख देशका मानिश गरिबबाट धनी हुँदै जादा हुने विलासी जीवन र खानपानको कारण नेपाल जस्तो देशमा मधुमेह रोगी ह्वात्तै बढ्ने गरेका छन्, ।

मधुमेहलाई बेलैमा उपचार गर्न नसके यसले आखाँ, मुटु, मृगौला, दिमाग र रगत तथा स्नायुका नसामा असर पुर्याई मानिसको अकालमा मृत्यु समेत हुन सक्ने भएकोले मधुमेह (डायविटिज) रोगको उपचारमा प्रभावकारी रुपले सहयोग गर्ने सम्पुर्ण विरामीहरुको साथै आम मानिसहरुलाई जनचेतना जगाएर औसत आयु बढाउने समेत हाम्रो लक्ष्य रहेको छ ।

प्रकाशित मिति: Dec 3, 2019

प्रतिक्रिया दिनुहोस्