Logo
१८ कार्तिक २०८१, आईतबार
(December 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमै पहिलो प्रहरी कार्यालयमा प्राथमिक उपचार कक्ष संचालन

वीरगन्ज : जिल्ला प्रहरी कार्यालय पर्सामा सोमबारदेखि प्राथमिक स्वास्थ्य उपचार कक्ष संचालन गरिएको छ ।  नेपालमा प्रहरी कार्यालयमा पहिलो स्वास्थ्य कक्षको रुपमा शुरु भएको स्थास्थ्य केन्द्रको विरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका हुन् ।

वीरगन्ज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय र समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रभु हस्पीटल तथा माट्रिका आई फाउन्डेसनको सहयोगमा शुरु भएको उक्त प्राथमिक उपचार कक्षको उद्घाटन गर्दै नगर प्रमुख सरावगीले जनता र प्रहरी सबैले सेवादायी उपचार पाउने आशा व्यक्त गरे ।

उँनले जिल्ला प्रहरी कार्यालयमा शुरु भएको उपचार कक्षले जनता र प्रहरीबीचको सम्बन्ध अझ मैत्री रुपमा दरिलो हुने बताए । प्राथमिक उपचार हरेक जनताको अधिकार भएको बताउँदै उनले प्रहरी र जिल्ला प्रहरी कार्यालयमा आउने सबै जनताले उचित उपचार पाउनको लागि महानगरपालिकाबाट दिनुपर्ने सहयोगको लागि आफू सँधै तयार रहेको समेत सरावगीले जानकारी दिए ।

प्रकाशित मिति: Dec 3, 2019

प्रतिक्रिया दिनुहोस्