Logo
४ माघ २०८१, शुक्रबार
(December 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नी अनुयायीलाई बलात्कार गरेको आरोपमा सिद्धबाबा पक्राउ, अडियो टेप रेकर्डबाट छानबिन

बलात्कारको आरोपमा सिद्धबाबा जगतगुरु भन्ने
कृष्णदासलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि स्वास्थ्यमा समस्या देखिएको भन्दै आइसियुमा भर्ना गरिएको थियो ।

सुनसरी जिल्ला प्रहरी कार्यालयले ‘सिद्धबाबा कृष्णदाश महाराज’ भनेर चिनिने कृष्ण बहादुर गिरीलाईलाई पक्राउ गरेको हो  ।

उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको छ ।

आइसियुमा भर्ना हुनुपूर्व उनले सार्वजनिक भएको अडियो टेप रेकर्ड आफ्नो नभएको दाबी गरेका थिए । आइतबार सञ्चारकर्मी समक्ष उनले आफूलाई फसाउने प्रयास भएको बताएका थिए ।

बलात्कार आरोप लागेपछि सोमबार बिहान कृष्णदासलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बिहान ५ बजे गिरीलाई विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरिएको हो ।

बलात्कारको आरोप लागे लगत्तै स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अस्पताल भर्ना भएका गिरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता बिनोद शर्माले जानकारी दिए ।

उनलाई  इनरुवा अस्पताल सुनसरीमा कडा सुरक्षाको साथ राखिए छ । प्रवक्त शर्माले उनको स्वास्थ्य अवस्था सामान्य भएपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

सोमबार बिहानै भक्तजनसँग पूनः भेटघाट सुरु गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको प्रवक्त शर्माल बताए । उनलाई आजै सुनसरी जिल्ला अदालतमा म्याद थपको लागि लगिने बताइएको छ ।

प्रकाशित मिति: Dec 2, 2019

प्रतिक्रिया दिनुहोस्