Logo
७ बैशाख २०८१, शुक्रबार
(November 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपनिर्वाचन : कास्की-१६ मा कांग्रेसद्वारा बुथ कब्जाको प्रयास

कास्की : प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान जारी रहेको अवस्थामा कास्की- वडा नम्बर १६ मा बुथ कब्जाको प्रयास भएको छ । बुथ कब्जाको प्रयासपछि १६ नम्बर वडाको मतदान रोकिएको छ ।

कांग्रेस पक्षका नेता तथा कार्यकर्ताले बुथ कब्जाको प्रयास गरेका बताइएको छ । यद्यपि, यसबारे निर्वाचन कार्यलयले बुझ्ने काम भइरहेको बताएको छ ।

‘१६ नम्बर वडामा बुथ कब्जाको प्रयास भएको खबर आएको छ । त्यहाँ के भएको हो, हामी बुझ्दैछौं’, गण्डकी निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले भने ।

प्रकाशित मिति: Nov 30, 2019

प्रतिक्रिया दिनुहोस्