Logo
३ माघ २०८१, बिहीबार
(November 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानियवासी र प्रहरी बिच झडप, बल प्रयोग गरेर लाठि चार्ज गरेको भन्दै स्थानिय आक्रोसित

प्रदेश १ स्थित दुहबी–कटहरी ३३ केभिए प्रशारण लाइनको रुट परिवर्तन गर्न माग गरिरहेका ३३ केभि बिद्युत प्रशारण लाइन बिरुद्ध संघर्ष समितिका स्थानिय र प्रहरी बिच शुक्रवार झडप भएको छ । कटहरी सबस्टेसन संचालन गर्ने र विवादित क्षेत्र मोरङको गिधनीयामा प्रसारण लाइन अण्डरग्राउण्ड गर्न प्रहरीले बल प्रयोग गरेर लाठि चार्ज गरेको भन्दै स्थानियहरु आक्रोसित भएका छन ।

कुनै सहमती नगरि सरकारले जबरजस्ती पेलेर लग्न खोजको भन्दै शुक्रवार ३३ केभि बिद्युत प्रशारण लाइन बिरुद्ध करिव २०० को हाराहारीमा रहेका स्थानिय तथा प्रहरी बिच घम्सा घम्सी भएपछि प्रहरीले बल प्रयोग गरेको ३३ केभि बिद्युत प्रशारण लाइन बिरुद्ध संघर्ष समितिका संयोजक भक्कुलाल विश्वास थारुले बताए । ग्रामथानको गिधनिया वस्तीमा रोकिएको दुहबी–कटहरी ३३ केभिए प्रसारण लाइन विस्तार गर्न डोजरसहित बिहीबार गिधनिया पुगेको टोलीलाई ग्रामथान गाँउपालिका ५ का सर्वसाधारणले अवरोध गरेपछि बिहिवार साँझ नेपाल बिद्युत प्राधिकरणका प्रतिनिधि इन्जीनियर मोतीलाल मंडलको रोहवरमा प्रहरी प्रतिनिधि र स्थानियहरु विच छलफल भएपछि सहमती गरेर जाने तथा सहमती विना काम अगी न बढाउने भनि दुवै पक्षबाट सहमती भएको थियो । तर शुक्रवार उक्त सहमती विपरित जबरजस्ती डोजर लगाउन सुरु गरेपछि स्थानियहरुले तारमाथी लगाइने पोलिथीनका पाइप उखालेर फ्याकेपछि प्रहरीले बल प्रयोग गरेर लाठि चार्ज समेत गरेको स्थानियहरुले बताएका छन ।

ग्रामथान ५ को गिधनिया वस्तीको साढे २ किलोमिटर क्षेत्रमा प्रसारण लाइन अण्डरग्राउण्ड निर्माणका लागि पुगेको टोलीलाई स्थानीयले अवरोध गरेका हुन्। बस्तीको बीचबाट ३३ केभिएको तार लैजाँदा त्यसबाट सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने दाबी गर्दै उनीहरूले विरोध गरेका हुन्। अवरोध गर्नेहरूले स्थानीयसँग कुनै पनि छलफल नगरी एकतर्फी रुपमा हाइटेन्सनको तार लान खोजिएको आरोप लगाए। स्थानीयले बस्तीका बीचबाट टाँगेर वा भूमिगत कुनै पनि बाटोबाट प्रशारण लाइन लान नदिने बताउँदै बस्ती बाहिरको अन्य ठाँउबाट तार तान्नुपर्ने अडान लिएका छन्। संघर्ष समितिले राष्ट्रिय मानव अधिकार आयोग बिराटनगरमा यस बिषयमा ज्ञापन पत्र समेत बुझाएको संयोजक थारुले बताए ।

ज्ञापन पत्रमा गिधनिया गाँउको सघन मानव वस्ती बिचबाट प्रशारण लाइनको राइट अफ वे प्रति घोर विरोध रहेको जनाइएको छ । गिधनिया बस्ती दिनभर तनाव ग्रस्त रहेको थियो । अहिले सो क्षेत्रमा बाक्लो सुरक्षाकर्मीको सुरक्षाघेरा रहेको छ । संघर्ष समितिका संयोजक भक्कुलाल विश्वास थारुले आफूहरू विकास विरोधी नरहेको बताउँदै विकासको नाममा
सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गर्न नहुने बताए। तार तान्न उपर्युक्त हुने वैकल्पिक बाटोबारे आफूहरूले प्राधिकरणलाई बताइसकेको उनको भनाइ थियो। लो भोल्टेजको समस्या समाधानका लागि विद्युत् प्राधिकरणले दुहबी बाट कटहरी सम्म साढे बिस किलोमिटरमा ओभर हेडबाट साढे १७ किलोमिटर र अण्डरग्राउण्डबाट साढे ३ किलोमिटर पाइप बिछाएर तार लैजाने आयोजनाका डिभिजन चिफ शेलेस साँपकोटाले बताए । साँपकोटाका अनुसार आइतवार सम्ममा पाइप बिछाउने काम पुरा गरेर २ हप्ता सम्ममा तार बिछाएर काम समपन्न हुँनेछ । असारको पहिलो हप्ता परीक्षण सम्पन्न गरेर संचालन योग्य रहेको बताएको भए पनि प्राधिकरणले ग्रामथान ५ गिधनिया बस्तीमा भएको विद्युत् प्रसारण लाइन अझै बनाउन सकेको छैन। विद्युत् प्राधिकरणले सडकको डिल हुँदै १८ किलोमिटर लामो ३३ केभिए दुहबी–कटहरी प्रसारण लाइन ल्याउन पोलसमेत गाडिसकेको छ।

प्रसारण लाइन निर्माण भए कटहरी १ स्थित महेशपुर खोरियामा रहेको सबस्टेसनमा चार्ज हुने छ भने कटहरी क्षेत्रका उद्योग र ग्राहस्थ फिडरमा विद्युत् वितरण हुनेछ। उक्त स्टेशन संचालन हुनसके विराटनगरमा हाल देखिएको लोभोल्टेजको समस्या हल हुने र कटहरी क्षेत्रका उद्योगलाई पनि राहत पुग्ने प्राधिकरणको भनाइ छ। हाल विराटनगर रानी सब स्टेसनबाटै कटहरी र विराटनगरमा विद्युत् आपूर्ति हुँदै आएको छ। रानी सबस्टेसनले लोड धान्न नसक्ने भएको भन्दै प्राधिकरणले कटहरीमा सवस्टेसन निर्माण गरेको हो।

प्रकाशित मिति: Nov 30, 2019

प्रतिक्रिया दिनुहोस्