Logo
४ श्रावण २०८२, शनिबार
(November 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालमा रहेका प्रधानमन्त्रीलाई भेट्न रोक, भण्डारी र ज्ञवाली बाहेक कसैले भेट्न पाएनन्

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जनाइएपनि उनलाई भेट्न जाने शिर्ष नेता देखि नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेताहरु रोकिएका छन् । प्रधानमन्त्री पत्नी राधिका शाााक्य समेत राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बाहेक कुनैपनि उच्च ओहदाको व्यक्ति र नेतालाई अहिलेसम्म भेट्न दिइएको छैन ।

बिहिबार साँझ राष्ट्रपति भण्डारीले केहीबेर भेटेर स्थितिबारे जानकारी लिएकी थिइन् । उनले बढी समय चिकित्सकहरुसँग कुराकानी गरिन् । संक्रमणको खतरा हुने भन्दै चिकित्सकले कसैलाई भेट्न नदिएको बुझिएको छ ।

ओलीको नजिक पत्नी राधिका शाक्यलाई मात्र पुग्न दिइएको छ । भेट्न आउने सबैलाई रोकिएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार सल्लाहकारहरुले पनि भेट्न पाएका छैनन् । संक्रमणको खतरालाई दृष्टिगत गरी भेटमा निकै कडाई गरिएको बताइएको छ ।

ओलीलाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बुधबार नै महाराजगञ्जस्थित अस्पताल पुगेपछि डाक्टर र सल्लाहकारलाई भेटेर फर्किएका थिए । अमिक शेरचन पनि पुगे तर भेट्न पाएनन् ।

नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललगायत नेताहरु सल्लाहकारहरुसँग सम्पर्कमा रहेपनि भेट्न नपाउने भएकाले अस्पताल पुगेका छैनन् ।

पेटको समस्या भएपछि महाराजगञ्जस्थित अस्पताल पुर्याइएका ओलीको मंगलबार नै एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । पेट दुखेर महाराजगञ्जस्थित अस्पताल लगिएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टर मा मंगलबार शल्यक्रिया गरिएको थियो । उनको सफल सल्यक्रियापछि अस्पतालमा आरामका लागि राखिएको छ ।

भ्रमण छोट्याएर फर्किएका परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीलाई भेटे
यसैबीच भ्रमण छोट्याएर स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपचारत प्रधानमन्त्री केपी ओलीलाई शुक्रबार बिहान भेटेका छन्। मन्त्री ज्ञवालीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझेका हुन्।सेन्टर पुगेका उनले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन्।

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री अस्पतालमै आराम गरिरहेका छन्। विदेश भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवाली भ्रमण छोट्याएर शुक्रबार बिहान स्वेदश फर्केका हुन्। उनी रुस र शर्वीयाको औपचारिक भ्रमणमा गत शनिबार अपराह्न रुसको राजधानी मस्को प्रस्थान गरेका थिए । भ्रमणका क्रममा आज मन्त्री ज्ञवालीको शर्वीयाका राष्ट्रपतिसँग भेटघाट गर्ने पूर्व तयारी थियो।

उनले भ्रमण छोट्याएको कारण भने प्रष्ट खुलाएका छैनन्। उनले देशमा विकसित परिस्थितका कारण भ्रमण छोट्याएको जानकारी दिएका छन्। विकसित परिस्थिति बारेमा भने उनले केही खुलाएका छैनन्। उनको भ्रमण तालिका मंसिर १५ गतेसम्म थियो।

प्रकाशित मिति: Nov 29, 2019

प्रतिक्रिया दिनुहोस्